कांग्रेस नेतृ डा.पन्तद्वारा विशेष अधिवेशनको माग, कम्युनिस्ट सरकारलाई तनाब

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाकी सांसद डा.डिला संग्रौला पन्तले भारतले जारी गरेको नयाँ नक्साको विरोध गरेकी छिन् ।

प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बुधबार सिंहदरबारमा बसेको बैठकमा डा.पन्तले नेपालको लिपुलेक र कालापानी भारतको नक्साभित्र पारेको विषयमा आपत्ति जनाएकी हुन् ।

उनले भारतलाई चेतावनी दिँदै उनले लिपुलेक र कालापानी नेपालको बताएको बताएकी छिन् ।

नेपाली कांग्रेसकी नेतृ डा.पन्तले भारतको हस्तक्षेपका विषयमा छलफल र प्रतिवाद गर्न संसदको विशेष अधिवेशन बोलाउन माग गरेकी छिन् । उनले सर्वदलीय बैठक बोलाएर सो विषयमा राजनीतिक दलहरूले एउटै धारणा बनाउनुपर्ने बताइन् ।

उनले भनेकी छिन्, ‘निर्वाचनमा कथित राष्ट्रवादको नारा लगाएर झण्डै दुईतिहाइको बहुमतपाएको कम्युनिस्ट सरकारले लिपुलेक र कालापानीका बारेमा स्पष्ट धारणा दिन नसक्नु गम्भीर आशंक पैदा गरेको छ ।’

नयाँदिल्लीले जारी गरेको नयाँ नक्सामा लिपुलेक र कालापानीलाई भारतको सीमाभित्र पारेपछि नेपालमा त्यसको विरोध भइरहेको छ ।

Published : Wednesday, 2019 November 6, 6:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया