अमेरिकामा युवाहरूलाई एनआरएनएको मूलधारमा ल्याउन अभियान शुरू

अमेरिका । गैरआवासीय नेपाली संघ अमेरिका (एनआरएनए)ले अमेरिकामा बस्ने युवाहरूलाई एनआरएनएको मूलधारमा ल्याउन अभियान शुरू भएकाे छ ।

सबै नेपालीहरूको सुख दु:खको साथी र सबै नेपालीहरूको साझा चौतारी बनाउने अभियानको सार्थकताको लागि एनआरएनए अमेरिकाले (२०१९-२०२१) दुई कार्यसमिति गठन गरेको छ ।

स्टुडेण्ट प्राेग्राम टास्क फाेर्स र युथ पार्टिसिपेन टास्क फाेर्स बनाइएकाे छ । टास्क फाेर्सकाे विद्यार्थी संयोजकमा त्रिभुवन पाण्डेसहित १४ जना मनोनीत भएका छन् ।

युवाहरूको संयोजकमा विनोद रुवालीसहित १४ जनाको कार्यसमिति बिस्तार भएको छ ।

स्टुडेण्ट प्राेग्राम टास्क फाेर्सका लागि संयोजकको जिम्मेवारी पाएका पाण्डेसहित उनको कार्यसमिति अमेरिकामा अफ्ट्यारोमा रहेका विद्यार्थीलाई सहयोग गर्नका निम्ति संयोजकमा मनोनीत भएका हुन् ।

उनी बिगत केही वर्षदेखि विभिन्न सामाजिक क्षेत्र सहयोग गर्दै आईरहेका छन् ।

संयोकको जिम्मेवारी पाएपछि पाण्डेले अफ्ट्यारोमा परेका विद्यार्थीलाई सहयोग गर्ने र उनीहरूको स्वास्थ्य र शिक्षामा सहयोगका निम्ति पूर्ण कटिबद्ध रहने जानकारी दिएका छन् ।

त्रिभुवन पाण्डेले नजिकै आईरहेको नेपालको भ्रमण वर्ष २०२० लाई अमेरिकामा विशेष तरिकाले मनाउने प्रतिबद्धता जनाए ।

स्टुडेण्ट प्राेग्राम टास्क फाेर्स

त्रिभुवन पाण्डे, अध्यक्ष

अनुप खनाल, सहअध्यक्ष

सदस्यहरू

वर्षा लामिछाने, विकास रुवाली, दिनेश यादव, काजल सापकाेटा, नवीन पाण्डे, निश्चल मिश्रा, प्राशिल ढकाल, प्रशिस पाण्डे, पुष्प सुवेदी, रितिक प्रसाइँ, सन्देश थापा, शंकर पाैडेल, सिरिया गजुरेल

युथ पार्टिसिपेन टास्क फाेर्स

विनाेद रुवाली, अध्यक्ष

विशाल राना, सहध्यक्ष

सन्देश उप्रेती, सहध्यक्षा

सदस्यहरू

अभिनाश नायक, चमेली खाती, चाण्डीप्रसाद भण्डारी, हरिराज खनाल, माधव गुरुङ, माेना भट्टराइ, नवराज सुवेदी, राकेश यादव, सन्जु काेइराला, स्मृति ढकाल, तेज विनाेद पाैडेल, र विजय ज्ञवाली

Published : Wednesday, 2019 November 6, 2:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया