कम्युनिस्टले सहमति चाहँदैनन्, जहिले पनि भत्काउने नै हुन्ः डा.कोइराला
काठमाडौं । नेपाली कांग्रेस नेता डा.शेखर कोइरालाले दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले बिनाकारण प्रदेश प्रमुखहरू हटाएर अधिनायकवाद र स्वेच्छाचारिता देखाएको टिप्पणी गरेका छन् ।
सात प्रदेशका प्रमुखहरू एकै पटक हटाउने खड्गप्रसाद ओली नेतृत्वको बलियो कम्युनिस्ट सरकारप्रति आक्रामक देखिएका डा.कोइरालाले अधिनायकवाद जनतालाई स्वीकार्य नरहेको बताए ।
उनले कम्युनिस्ट सरकारले आफ्नो स्वेच्छाचारिता प्रदर्शन गरेको आरोप लगाए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.कोइरालाले सरकारको यो निर्णयले सहकार्यको ढोका बन्द भएको बताएका छन् ।
सरकारले प्रदेश प्रमुख हटाउन सक्ने संवैधानिक प्रावधान भए पनि निर्वाचन आचारसंहिता जारी भएकै बेला निर्णय गर्नुले गम्भीर बनाएको डा.कोइरालाले बताए ।
‘प्रदेश प्रमुख हटाउने संवैधानिक अधिकार सरकारलाई छ । तर, सरकार गठनको लामो समयपछि यस्तो निर्णय हुँदा हामीलाई गम्भीर बनाएको छ’, डा.कोइरालाले प्रदेश प्रमुखहरूको बर्खास्तगीबारे टिप्पणी गर्दै भनेका छन् ।
‘चेक एण्ड व्यालेन्स’को सिद्धान्तलाई कुल्चँदै सरकार अधिनायकवादतर्फ अघि बढेको उनको आरोप छ ।
त्यसकै लागि ‘राज्यका सबै अंगलाई आफ्नो नियन्त्रणमा राख्न सरकार उद्यत बनेको उनको भनाइ छ ।
सरकारको पछिल्लो निर्णयले राजनीतिक सहकार्यको ढोका बन्द गरेको टिप्पणी गर्दै उनले संघीयता असफल बनाएर मुलुकलाई द्वन्द्वमा लैजाने खेल सरकारबाटै भइरहेको बताएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया