सुनकोशी नदीमा बस खस्दा ९ जनाको मृत्यु
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लामा खचाखच यात्रु बोकेको बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ ।
दोलखाको मागादेउरालीबाट काठमाडौं आइरहेको बस सिन्धुपाल्चोकमा सुनकोशी नदीमा आइतबार खस्दा ९ जनाको मृत्यु भएको हो ।
शैलुंगेश्वरी यातायातको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस चौतारा साँगाचोकगढी नगरपालिका ९ सुकुटेबाट सुनकोशी नदीमा खसेको थियो ।
घटनास्थलमा ६ र अन्य शव नदीले बगाइरहेको अवस्थामा प्रहरी र स्थानीयको उद्धार टोलीले फेला पारेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधव काफ्लेका अनुसार अहिलेसम्म ९ को शव फेलापरिसकेको छ । उनका अनुसार शवको संख्या अझ बढ्न सक्नेछ ।
होटेल सुकुटेबीच नजिकैको घुम्तीबाट बस सुनकोशी नदीमा खसेको थियो ।
जिल्ला प्रहरी कार्यालय चौताराले दिएको जानकारीअनुसार १९ जना घाइते भएका छन् ।
घाइते १८ जनालाई धुलिखेल अस्पताल लगिएको छ । एकको खाडीचौरस्थित सदाबहार अस्पतालमा उपचार भइरहेको छ । डिएसपी काफ्लेका अनुसार र ३५ यात्रु बोकेर आएको बस अनियन्त्रित भइ नदीमा खसेको हो ।
सुकुटेमा रहेका विभिन्न रिसोर्टबाट डुंगा मगाएर प्रहरी र स्थानीयले उद्धार गरिरहेका छन् । केही शव नदीले बगाएको छ । बसलाई क्रेनले तानेर नदी किनारमा ल्याइएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया