ओलीको स्वास्थ्यमा समस्या, ग्राण्डी अस्पताल पुगे

काठमाडौं । दुईतिहाइको बलियो कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि अस्पताल पु¥याइएको छ ।

ओलीलाई बुधबार बिहान काठमाडौंको टोखास्थित ग्राण्डी अस्पतालमा लगिएको हो । प्रधानमन्त्री ओली ग्राण्डी अस्पतालमा उपचारका लागि आएको सो अस्पतालका निर्देशक चक्रराज पाण्डेले जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओलीको ११ वर्ष अगाडि ०६४ सालमा भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

मिर्गौला प्रत्यारोपणपछि उनले नियमित औषधि खाँदै आएका छन् ।

Published : Wednesday, 2019 October 30, 11:46 am

फेसबुकबाट तपाईको प्रतिक्रिया