चापागाउँमा न्हुँ दयाँ भिन्तुनामा कांग्रेसका नेताहरू सहभागी

ललितपुर । ललितपुर जिल्लाको चापागाउँमा देसार समाजले नेपाल संवत ११४० न्हुँ दँया भिन्तुना भव्य रुपमा मनाएको छ ।

मंगलबार देसार समाज चापागाउँद्वारा आयोजित र्‍यालीमा स्थानीय परम्पपरागत झाँकीहरू प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वअर्थ राज्यमन्त्री उदयशम्शेर राणा, नेपाली कांग्रेसका युवा नेता मीनकृष्ण महर्जन, देसार समाजका अगुवा समाजसेवी लगायतको सहभागिता रहेको थियो ।

नेपाली कांग्रेसका नेताहरूले नेपाल संवत ११४० न्हुँ दँया भिन्तुनाका अवसरमा शुभकामना दिएका थिए । उनीहरूले आफ्नै मौलिक संवतको संरक्षण गर्नुपर्नेमा सबैले ध्यान दिनुपर्ने बताएका थिए ।

सयौँको संख्यामा उपस्थित देसार समाजको र्‍यालीले चापागाउँको विभिन्न स्थानको परिक्रमा गरेको थियो ।

Published : Tuesday, 2019 October 29, 7:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया