दाङका नेवारहरूले काठमाडौंमा मनाए म्हः पूजा (तस्वीर)
काठमाडौं । दाङ–काठमाडौं नेवार समाजले दोस्रो सामूहिक म्हः पूजाको आयोजना गरेको छ ।
काठमाडौंको सोमबार समाजले म्हः पूजाको आयोजना गरेको हो । शुभकामना आदान प्रदान र म्हः पूजा बिहान साढे ११ बजे शुरु भइ साढे ४ बजे मा समापन भएको थियो ।
समाजका अध्यक्ष भेषराज श्रेष्ठले काठमाडौंमा रहेका दङ्गाली नेवार समुदायबीच शुभकामना आदान प्रदानका लागि सामूहिक रुपमा म्हः पूजा गरिएको जानकारी दिए ।
प्रमुख अतिथी मूल पुरोहित हरिशरण उपाध्याय, विशिष्ट अतिथिमा कार्यक्रम भएको थियो ।
ज्येष्ठ नागरिक आमा नरकुमारी राजभण्डारी, निवर्तमान सल्लाहकार प्रदीपराज श्रेष्ठ, विशेष अतिथि शम्भु घिमिरेलगायतको कार्यक्रममा उपस्थिति थियो ।
कार्यक्रमको संचालन सहसचिव अनुराधा जोशी, स्वागत कोषाध्यक्ष रुद्रकुमार राजभण्डारीले गरेका थिए । कार्यक्रममा उल्लेख्य रुपमा नेवार समुदायको उपस्थिति रहेको थियो ।
दाङबाट काठमाडौं उपत्यकामा आई विभिन्न पेशा व्यवसायमा आबद्ध रहेका दङ्गाली नेवार समूदायको संस्था दाङ–काठमाडौं नेवार समाजले विभिन्न बेलाबेला सामाजिक कार्य गर्दै आएको छ ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया