स्व.कृष्णप्रसाद भट्टराईलाई सम्झिए कांग्रेसका महामन्त्री खड्काले
ललितपुर । सन्त नेता स्व.कृष्णप्रसाद भट्टराईको शालिकमा नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का र युवा नेता रामहरि खतिवडाले माल्यार्णपन गरेका छन् ।
सोमबार बिहान ललितपुर जिल्लाको बाडेगाउँमा रहेको स्व.भट्टराईको आश्रममा पुगेर खड्का र खतिवडाले किशुनजीलाई स्मरण गरेका हुन् । आश्रममा किसुनजीको पूर्णकदको शालिक छ ।
शालिकमा माल्यार्णपन गरेपछि महामन्त्री खड्काले स्व.कृष्णप्रसाद भट्टराईको राजनीतिक जीवनबाट कांग्रेसका नेता तथा कार्यकर्ताहरूले शिक्षा लिनुपर्ने बताए ।
‘स्व.कृष्णप्रसाद भट्टराईज्यूको सादाजीवनलाई नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूले झन् गहिरो रुपमा अनुसरण गर्ने बेला आएको छ’, उनले भने, ‘देशमा लोकतन्त्रमाथि कम्युनिस्टहरूले प्रहार गरिरहेका बेला उहाँको आदर्शलाई ममन गर्नुपर्छ ।’
नेपाली कांग्रेसका युवा नेता खतिवडाले पनि किसुनजीले देखाएको राजनीतिक मार्गलाई कांग्रेसका नेता तथा कार्यकर्ताले अनुसरण गर्न सकियो भने पार्टी बलियो भएर जाने बताए ।
स्व.कृष्णप्रसाद भट्टराईको आश्रम सुनसान जस्तै छ । आश्रममा अमिता कपाली बस्दै आएकी छिन् । केही समय अगाडि आश्रमको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीलाई दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले हटाइदिएको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया