कांग्रेसका होनहार कार्यकर्ताको निधनबाट भक्कानिए देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दैलेख कांग्रेसका उपसभापति भुपेन्द्रजंग महतको निधन भएकोमा आफू स्तब्ध बताएको जनाएका छन् ।

सभापति देउवाले बिहीबार शोक वक्तव्य जारी गरेर महतको निधनको खबरबाट आफू अत्यन्तै दुःखीत भएको बताएका हुन् ।

महत नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि, पूर्व कोषाध्यक्ष, नेपाल तरुण दलका पूर्वअध्यक्ष तथा नेविसंघ दैलेखका पूर्वअध्यक्ष समेत रहिसकेका थिए ।

‘भुपेन्द्रजंग महतको कात्तिक ६ गते भारतको नयाँदिल्लीस्थित मेडिओर अस्पतालमा उपचारका क्रममा भएको निधनको खबरले मलाई अत्यन्त दुःखीत बनाएको छ’, देउवाले भनेका छन् ।

‘नेपाली कांग्रेसको संगठनमा र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा उहाँले पु¥याउनु भएको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहिरहनेछ’, उनले भनेका छन्, ‘उहाँको निधनबाट पार्टीले एक होनाकार व्यक्तिलाई गुमाएको छ र पार्टीलाई अपूरणीय क्षति पुगेको छ ।’

‘उहाँको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दछु’, देउवाले भनेका छन्, ‘उहाँको आत्माको चीर शान्तिको कामना गर्दै उहाँका सबै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।’

Published : Thursday, 2019 October 24, 10:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया