मगर संघ ओखलढुंगाकाे अध्यक्षमा नीरबहादुर चयन
ओखलढुंगा । नेपाल मगर संघ ओखलढुंगाको दोस्रो अधिवेशन मंगलबार सम्पन्न भएको छ ।
अधिवेशनबाट नीरबहादुर मगर पुनः अध्यक्षमा निर्वाचित भएका छन् ।
मानेभञ्ज्याङमा सम्पन्न अधिवेशनमा २१ सदस्यीय जिल्ला समिति निर्वाचित भएको अध्यक्ष नीरबहादुर मगरले बताए ।
अधिवेशनमा प्रमुख अतिथिको रुपमा पूर्व सांसद तथा नेपाली कांग्रेसका नेता रामहरि खतिवडा, नेपाल मगर संघका केन्द्रीय सचिव इच्छुक राना मगर, मानेभञ्ज्याङ गाउँपालिका अध्यक्ष मोतीराज राईलगायत सहभागी थिए ।
कार्यक्रममा पूर्वसांसद तथा नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले काठमाडौको शहीदगेटमा नेपालका पहिलो शहीद लखन थापा मगरको सालिक राखिनुपर्ने बताए ।
खतिवडाले नेपाल मगर संघ ओखलढुंगाको जिल्ला अधिवेशन उद्घाटन गर्दै यस्तो कुरा बताएका हुन् ।
उनले कार्यक्रममा पहिलो सहिद थापा मगरको सालिकसहित अन्य शहीदहरूको सालिक राखिनुपर्नेमा जोड दिए ।
सबै जात, धर्म, संस्कृतिलाई समेट्ने संविधान बनेकाले थापामगरको सालिक राखिएमा त्यसले थप सार्थकता पाउने खतिवडाको भनाई थियो ।
कार्यक्रमका बीच फरक प्रसंगमा बोल्दै नेता खतिवडाले राज्यले सबैलाई आतंकित बनाउन थालेको समेत आरोप लगाए ।
आफ्नै पार्टीका नेताले विगार गर्दा राज्य जोगाउन लागिपरिरहेको र अन्य पार्टीका नेता, कार्यकर्तालाई कारबाही गर्न राज्य अग्रसर हुँदै गएको उनले बताएका थिए । कानून सबैलाई लागू हुनुपर्ने उनको माग थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया