कांग्रेस नेता खाँणद्वारा एम्बुलेन्स हस्तान्तरण

बुटवल । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले दाताहरूको सहयोगबाट प्राप्त एम्बुलेन्सलाई ‘सुरक्षित यात्रा नेपाल’ नामक संस्थालाई हस्तान्तरण गरेका छन् ।

सुरक्षित यात्रा नेपालले सञ्चालन गर्ने गरी प्राप्त भएको उक्त एम्बुलेन्स खाँणले सोमबार आफ्नै निवास मणिग्राम चार नम्बरमा विशेष कार्यक्रम गरी प्रदान गरेका हुन् ।

एम्बुलेन्स सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्णप्रसाद बेलबासेले बुझेर लगेका छन् ।

नेपाली कांग्रेस केन्द्रीय सदस्य समेत रहेका खाँणले नागरिकको सुरक्षित यात्राप्रतिको प्राथमिकता र दायित्व सरकारको भएको बताए ।

नेपाली कांग्रेसका नेता खाँणले समाजिक अभियान्ताहरूको अग्रसरतामा राम्रो कामको थालनी भएकाले त्यसमा आफूले पनि केही गर्न सकियोस् भन्ने उदेश्यले एम्बुलेन्स सञ्चालनका लागि व्यवस्थापन मिलाएको बताएका छन् ।

संस्थाका अध्यक्ष बेल्बासेले दुर्घटनाबाट हुने मानिसको मृत्युलाई न्यूनीकरण गर्नका लागि प्राप्त भएको एम्बुलेन्स सहयोग सिद्ध हुने बताए ।

Published : Tuesday, 2019 October 22, 10:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया