एनआरएनएको मतगणना हुँदै, कांग्रेस–कम्युनिस्टको कडा टक्कर

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्वका लागि अहिले केही समयपछि मतगणना हुँदै छ ।

बिहीबार भएको मतदान साँझ सकिएको थियो । राति दश बजेदेखि मतगणा गर्ने तयारी भएको नर्वेका प्रतिनिधि मोहन नेपालले जानकारी दिए ।

कुल २५७० मतदातामध्य २३४४ मत खसेको निर्वाचन समितिका सदस्य कुलप्रसाद पाण्डेले जानकारी दिएका छन् ।

युरोपबाट ९२०, अमेरिकाबाट २७१, अष्ट्रेलिया, र न्युजिल्याण्डबाट २१५, एसियाबाट ४६२, मध्यपूर्वबाट ४६० र अफ्रिकाबाट १६ मत खसेको छ ।

बिहीबार बिहान साढे १० बजेबाट मतदान सुरु भएको थियो । शुक्रबार बिहानसम्म अन्तिम नतिजा आइसक्ने जनाइएको छ ।

एनआरएनएको निर्वाचनमा नेपाली कांग्रेसबाट अध्यक्षमा कुल आचार्य र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट कुमार पन्तले उम्मेदवारी दिएका थिए ।

कुमार पन्तलाई जिताउन सत्तारुढ नेकपा र सरकार नै खुलेर लागेको नेपाली कांग्रेस निकटका प्रतिनिधिहरूले जनाएका छन् ।

तैपनि नेपाली कांग्रेस निकटका कुल आचार्य र नेकपा निकटका कुमार पन्तबीच कडा टक्कर हुने अनुमान प्रतिनिधिहरूको छ ।

Published : Thursday, 2019 October 17, 8:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया