एनआरएनएको मतदान हुँदै, कांग्रेसले कम्युनिस्टलाई हराइ छाड्ने
काठमाडौं । गैरआवासीय नेपाल संघ (एनआरएनए)को नयाँ नेतृत्वका लागि बिहीबार मतदान हुँदै छ ।
काठमाडौंको होटेल ह्यातमा अहिले केही समयपछि शुरु हुने मतदानमा मतदाताहरूले नयाँ नेतृत्वका लागि मतदान गर्नेछन् ।
एनआरएनएको ९औँ सम्मेलनमा नयाँ नेतृत्वका लागि नेपाली कांग्रेस निकटको लोकतान्त्रिक समूहबाट कुल आचार्य र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटको प्रगतिशील समूहबाट कुमार पन्त अध्यक्षको उम्मेदवार बनेका छन् । उनीहरूले आ–आफ्नो प्यानल बनाएर प्रतिस्पर्धामा छन् ।
प्राविधिक समस्या आएपछि विद्युतीय मतदान रद्द गरी गैरआवासीय नेपाली संघ एनआरएनएको निर्वाचन हुन लागेको छ ।
बुधबार निर्धाति समयभन्दा करीब तीन घण्टा ढिलो बेलुका ८ बजे मतदान शुरु भएको केहीबेरमै कम्प्युटरमा समस्या आएको भन्दै मतदान स्थगित भएको थियो ।
भोटिङका लागि प्रयोगमा ल्याइएको ३६ मेसिनमध्ये २ वटाले मात्रै काम गरेको थियो ।
नियतबस मतदान स्थगित भएको भन्दै मतदाताले घण्टौँसम्म नाराबाजी गर्दै आयोजकप्रति आक्रोश व्यक्त गरेका थिए ।
मंगलबारदेखि सुरु भएको नवौँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनमा विश्वका ८१ शाखामध्ये ६० वटाभन्दा बढी शाखाबाट प्रतिनिधित्व छ ।
निर्वाचनमा २६ सय १३ मतदाता रहेको निर्वाचन बिहीबार दिउँसो ४ बजे सम्म चल्नेछ । मतदान सम्पन्न हुनेवित्तिकै मतगणना शुरु हुनेछ ।
कांग्रेस र कम्युनिस्टबीच एनआरएनएमा कडा प्रतिस्पर्धा हुन लागेको प्रतिनिधिहरूले जनाएका छन् । कांग्रेस निकटका उम्मेदवारहरूले कम्युनिस्ट निकटका उम्मेदवारहरूलाई पराजित गर्ने दाबी गरेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया