स्वास्थ्य राज्यमन्त्री सहभागी कार्यक्रममा ग्यास पड्कियो

जनकपुरधाम । दुईतिहाइको बलियो कम्युनिस्ट सरकारका स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादव सहभागी कार्यक्रममा ग्यास पड्किएको छ ।

शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी हुने अतिथिका लागि खानेकुरा पकाउन खटिएका चार जना ग्यास पड्किँदा घाइते भएका छन् ।

महोत्तरीको गौशाला नगरपालिकामा समाजवादी पार्टीले दशैं, तिहार र छठ पर्वको अवसर पारेर शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि राज्यमन्त्री यादव थिए ।

कार्यक्रममा सहभागी हुने अतिथिका लागि चिया, खाजा पकाउने चार जना ग्यास सिलिण्डर पड्किँदा घाइते भएका हुन् ।

घाइते हुनेमा गौशाला नगरपालिका ८ निवासी २७ वर्षीय ओम प्रकाश यादव, २८ वर्षीय कौशल यादव, १७ वर्षीय सन्तोष पासवान र सोही उमेरका रिकेश यादव छन् ।

उनीहरूको स्थानीय अस्पतालमा प्राथमिक उपचारपछि अहिले स्वास्थ्य राज्यमन्त्री यादवको जनकपुरस्थित निजी अस्पताल जानकी हेल्थ केयरमा उपचार भइरहेको छ ।

Published : Saturday, 2019 October 12, 3:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया