काठमाडौंमा तिब्बती शरणार्थी पक्राउ
काठमाडौं । प्रहरीले चिनियाँ राष्ट्रपति सी चिनफिङ आउने अघिल्लो दिन शुक्रबार तीन जना तिब्बती शरणार्थीलाई पक्राउ गरेको छ ।
बिहीबार मात्रै काठमाडौंका विभिन्न ठाउँबाट आठ तिब्बती पक्राउ भएका थिए । त्यसको भोलिपल्ट शुक्रबार स्वयम्भुबाट थप तीन तिब्बती शरणार्थी पक्राउ परेको प्रहरीले जनाएको छ ।
शुक्रबार स्वयम्भुबाट पक्राउ हुने तीन महिलाहरू रहेका छन् ।
सिन्धुपाल्चोक बस्दै आएकी ५५ वर्षीय छिरिङ लामा, मुस्ताङ ठेगाना भइ एक हप्तादेखि स्वयम्भुको ठूलोभर्याङमा बस्दै आएकी छिरिङ अम्बे र मुस्ताङबाट काठमाडौं आएकी ६४ वर्षीय पेम्पा छेतेन पक्राउ परेका छन् ।
नेपाल प्रहरी स्वयम्भु वृत्तका डिएसपी लालध्वज सुवेदीले सी भ्रमणको समयमा काठमाडौं आएका तिब्बती केही शरणार्थीहरूलाई सोधपुछका लागि पक्राउ गरिएको जानकारी दिए ।
बृद्ध उमेर भएका उनीहरूलाई सोधपुछपछि छाडिने उनले बताएका छन् ।
पक्राउ पर्ने तिब्बतीहरूले स्वतन्त्र तिब्बत अंकित झन्डा, लोगो, टिसर्ट, ज्याकेट प्रयोग गर्ने गरेको प्रहरी जनाएको छ ।
बिहीबार मात्र बौद्धबाट तीन, चोभारबाट दुई र स्वयम्भुबाट दुई गरी सात जना पक्राउ भएका थिए ।
तेन्जिङ नम्दाक स्वयम्भुबाट र काठमाडौंको गोकर्णमा बस्ने १८ वर्षीय केल्साङ तामाङलाई तिब्बतको झन्डा अंकित व्याग बोकेको अवस्थामा प्रहरीले बौद्ध स्तुपाबाट बिहान पक्राउ गरेको थियो ।
असोज १७ गतेयता दर्जनौं तिब्बतीहरूलाई प्रहरीले पक्राउ गर्दै अनुसन्धानपछि रिहा गर्दै आएको छ ।
दलाई लामाका नेपाल प्रतिनिधि सुल्ठिम ग्यात्सोसहित तिब्बती शरणार्थीका ३३ जना प्रतिनिधि भने यतिबेला भारतको हिमाञ्चल प्रदेशस्थित धर्मशालामा छन् ।
धर्मशालास्थित निर्वासित तिब्बत सरकारले आयोजना गरेको विशेष बैठकमा भाग लिन गएका उनीहरू राष्ट्रपति सीको भ्रमणपछि मात्र नेपाल फर्कने जनाइएको छ । (फाइल तस्वीर)
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया