पैसा लिएर होटेलहरूमा युवतीहरूको धन्दा, मालिकहरू पक्राउ
धरान । सुनसरी जिल्लाको धरानका होटलमा युवतीहरूलाई बन्धक बनाइ यौन व्यवसायमा लगाउने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
धरानका स्थानीय चार जना होटल सञ्चालकले जबरजस्ती होटलमा बन्धक बनाएर यौन व्यवसायमा लगाएको गोप्य सूचनाको आधारमा प्रहरीले छ जना युवतीहरूलाई उद्धार गरेर व्यवसायीहरूलाई पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय धरानको टोलीले ती होटलहरूमा छापा हानेर ६ युवतीको उद्धार गरेको डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिएका छन् ।
प्रदेश–१ का विभिन्न जिल्लाहरूबाट युवतीलाई जबरजस्ती होटलमा बन्धक बनाएर होटलमा आउने पाहुनाहरूसँग महँगो रकम लिएर यौन सम्पर्कमा गरिएको आरोप छ ।
युवतीहरूलाई बन्धक बनाएर जबरजस्ती यौन कार्यमा लगाएको भन्दै प्रहरीले होटल संचालकहरू दीपेन्द्र श्रेष्ठ, खिसाबहादुर राई, लीलाबहादुर बस्नेत र नवीन मगरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
संखुवासभा, झापा, सुनसरीको चतारकी एक–एक युवती र धरानका तीन युवतीसहित ६ जनालाई उद्धार गरी परिवारको जिम्मा लगाइएको डिएसपी न्यौपानेले जानकारी दिए ।
प्रहरीले धरान–७ को होटल एवान, परेली होटल, धरान–९ को होटल साकेला र धरान–१२ को फाइन होटलमा छापा हानेको थियो ।
यसमा तपाइको मत