कांग्रेस नेता खतिवडाले कम्युनिस्ट प्रधानमन्त्रीलाई औकात सिकाइदिए

ओखलढुंगा । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई सत्य बोल्न सुझाव दिएका छन् ।

बुद्ध जयन्तीका अबसरमा लुम्बिनीमा शनिबार आयोजित कार्यक्रममा सहभागी हुन पुगेका ओलीलाई कांग्रेस नेता खतिवडाले भगवान गौतम बुद्धले जस्तै सत्य बोल्न आग्रह गरेका हुन् ।

‘गौतम बुद्धले सत्य कुरा बोल्नु हुन्थ्यो । कहिल्यै पनि झुठ बोल्नु भएन’, ओखलढुंगामा नेपाली कांग्रेसले आयोजना गरेको जागरण अभियानलाई सम्बोधन गर्दै खतिवडाले भने, ‘बुद्धको जयन्ती मनाउँदै गर्दा ओलीजीले एकदिन भएपनि सत्य बोल्दा हुन्थ्यो । उहाँमा सत्य बोल्ने हिम्मत छैन ।’

वर्तमान कम्युनिस्ट सरकार जनताको काम गर्न असक्षम भएको भन्दै कांग्रेस नेता खतिवडाले भने, ‘पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्टहरूको सरकार चार नम्बरमा हिँड्छ भन्नु भएको थियो । गाडी नयाँ भएपनि खराब ड्राइभर हुँदा चार गियरको गतिमा चल्न सकेन ।’

खतिवडाले गाडी चलाउन एक्सलेटर थिचे जस्तै सरकारले पनि जनताको पक्षमा काम गर्नुपर्ने बताए ।

‘अहिलेको कम्युनिस्ट सरकार भनेको तेल चोर्ने ड्राईभर, गाडी बिगार्ने ड्राइभर भयो, भ्रष्टाचार गर्ने जस्तो भयो’, उनले भने, ‘ओली सरकारसँग अन्तर्राष्ट्रिय समुदाय रिसायो । नेकपाका मान्छे नै रिसाए । घनश्याम भुसालले असन्तुष्टि जनाएका छन् ।’

‘अस्वथ्य भएर स्वाथ्य देखाउन थाल्नुभएको छ । देश नै अस्वस्थ्य भयो’, उनले भने, ‘ओलीले देश चलाउन सक्न्नु हुन्न ।’

नेपाली कांग्रेसका युवा नेता खतिवडाले पार्टी जागरण अभियानलाई सशक्त बनाउनुपर्ने बताए । उनले कम्युनिस्टहरूसँग भिड्न पार्टीभित्रै रहेको बताएका छन् ।

कार्यक्रममा केन्द्रय प्रतिनिधि यज्ञबहादुर थापा, ओखलढुंगा कांग्रेसका सभापति प्रदीप सुनुवार, पूर्वसभापति महेश कोमर्चालगायतको सहभागिता रहेको थियो ।

Published : Sunday, 2019 May 19, 12:24 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया