नेकपाका भीभीआइपी नेता र मन्त्रीको गाउँमा राजनीतिक भूकम्प, फहरियो चारतारे झण्डा
पर्वत । पर्वत जिल्लामा सत्तारुढ दलका थुप्रै नेता तथा कार्यकर्ताहरूले पार्टी परित्याग गरेर नेपाली कांग्रेसको चारतारे झण्डाको पक्षमा हात उठाएका छन् ।
नेपाली कांग्रेसको जागरण अभियान कार्यक्रमका क्रममा पर्वतमा नेकपाका कार्यकर्ताहरूले पार्टी छाडेर कांग्रेसको सदस्यता लिएका हुन् । नेपाली कांग्रेसले आफ्नो संगठनर्लाइ सुदृढ बनाउने अभियान चलाइरहेका बेला सत्तारुढ दलभित्र कार्यकर्ताहरूले छाडेर भूकम्पन जानुलाई चानचुने रुपमा लिइएको छैन ।
नेकपा छाडेर नेपाली कांग्रेस प्रवेश गर्नेहरूमा ऋषिकेश तिवारी, हीरामणि सापकोटा, राज मल्ल, दिनेश लामिछाने, निर्मल नेपाली, साजन परियार, शिव परियार, प्रकाश परियार लगायतका रहेका छन् ।
सत्तारुढ नेकपाका नेताहरूले झुठो आश्वासन दिएपछि गाउँका कार्यकर्ताहरूमा कम्युनिस्ट पार्टीबाट वितृष्ण बढ्दै जान थालेको छ ।
पर्वत जिल्ला राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, गण्डकी प्रदेश पर्यटनमन्त्रीको गृहजिल्ला हो । उनीहरूकै गाउँबाट सयौँ नेता तथा कार्यकर्ताहरूले पार्टी परित्याग गरेपछि नेकपाभित्र खैलाबैला भएको छ ।
‘कम्युनिस्ट नेताहरूको आँगनमा पचासौं युवाहरूले नेकपा पार्टी छोडेर नेपाली कांग्रेसमा प्रवेश हुनु पर्वत जिल्लाको राजनीतिकमा एक शक्तिशाली भूकम्प हो’, पर्वत कांग्रेसका एक नेताले भनेका छन्, ‘ती क्रान्तिकारी युवाहरूलाई हाम्रो पार्टीमा स्वागत छ । वर्षौंदेखिको कम्युनिस्ट मोहजाल च्यातिनु खानी गाउँका युवाहरूको एकाइसौँ शताब्दीको युगिन चेतना हो । जुन पर्वतबाटै शुरू हुनु संयोग पक्कै होइन ।’
कांग्रेसका ती नेताले भनेका छन्, ‘एक परिपक्वता हो जुन अब देशका अरु युवाले पनि सिको गर्न सक्दछन् ।’
दुई तिहाइको दम्भको आडमा कम्युनिस्ट सरकारले देशमा अधिनायकवादको युग शुरू गर्न लागेकै बेला नेकपाका सयौँ कार्यकर्ताहरूले पर्वतमा पार्टी छाडेका छन् ।
राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संसद सचिवालयमा दुई जना पिएको तलव भत्ता आफ्नो खातामा राखेर लिने गरेको तथा अन्य सेवा सुविधा राजनीतिक पावरको आडमा लिएको भनेर आलोचना भइरहेका बेला गृहजिल्ला पर्वतमा कार्यकर्ताले साथ छाडेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत