धादिङ कांग्रेसले नक्कल गर्यो केन्द्रको कार्यक्रम, गाउँका कम्युनिस्टहरूलाई तनाब
काठमाडौं । नेपाली कांग्रेसले धादिङ जिल्लाको १०४ वटा वडाहरूमा छायाँ सरकार गठन गरेको छ ।
मुलुक संघीय संरचनामा विभाजित भएपछि स्थानीय तहको वडामा समेत धेरै अधिकारहरू प्रत्यायोजन गरिएकोले ती कामको निगरानी गर्न वडाहरूमा छायाँ सरकार गठन गरिएको धादिङ जिल्लाका लागि नेपाली कांग्रेसका केन्द्रीय प्रतिनिधि प्रदीप पौडेलले जानकारी दिए ।
शुक्रबार एकैपटक जिल्लाभरमा कांग्रेसले चुनाव हारेका वडामा छायाँ सरकार गठन गरिएको छ । नेपाली कांग्रेसले केन्द्रमा कम्युनिस्ट सरकारलाई खबरदारी गर्न छायाँ सरकार बनाउँदै छ ।
पौडेलका अनुसार वडाध्यक्षले गरेका आर्थिक अनियमितता, नीतिगत भ्रष्टाचार, प्रतिवद्धता अनुसार काम गर्न नसकेको विषयहरु लगायतलाई घच्घच्याउनको लागि वडामा समेत छायाँ सरकार गठन गरिएको हो ।
स्थानीय तहको चुनावमा पराजित वडाध्यक्षलाई सो वडाको छायाँ सरकारको प्रमुख बनाइएको छ ।
कांग्रेसको केन्द्रीय समितिले तय गरेको जागरण अभियानले धादिङमा सार्थकता पाएको कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका पौडेलले जानकारी दिए ।
उनले यो जागरण अभियानमा उल्लेखनीय सहभागिता देखिएको भन्दै यसले पार्टीभित्रको मूल समस्याको रुपमा रहेको गुटबन्दीलाई समेत अन्त्य गर्ने विश्वास पनि व्यक्त गरेका छन् ।
छायाँ सरकार गठन गर्ने र त्यहाँको नेतृत्व चयन गर्नको लागि स्थानीयले नै सर्वसम्मत रुपमा प्रतिनिधि चयन गरेको भन्दै यो अभियानले धादिङमा दुईवटा अध्यक्ष हुने चलनको अन्त्य भएको बताए ।
शुक्रबाट गठन भएको छायाँ सरकारका अन्य सदस्यहरूमा भने पराजित वडा सदस्यका उम्मेदवारहरू र आवश्यक मात्रामा अरु पनि सदस्यहरू थप गर्न सकिने बताइएको छ ।
यसले वडामा भएका बजेट, विकासका गतिविधिहरू र त्यहाँ देखिएका अनियमित गतिविधिहरूलाई समेत भण्डाफोर गर्ने कांग्रेसले जनाएको छ । शुक्रबार पौडेलले भने धुनिबेसी नगरपलिकाको वडा ३, ५, ९मा सम्बोधन गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत