शंकर पोखरेलज्यू महरा देशको सभामुखको हो, मर्यादा राख्न सिक्नुस्
काठमाडौं । सभामुख कृष्णबहादुर महरा कुनै दलका नेता मात्रै होइनन् । महरा समग्र देशको सभामुख हुन् । उनको गरिमा भयो भने सबैको गरिमा हुन्छ ।
सभामुख पद जनप्रतिनिधि संस्थाको मर्यादित र सम्मानित सर्वोच्च पद हो । यो पदलाई बचाइ राख्ने दायित्व र जिम्मेवार स्वयं महराको पनि हो ।
महरा तत्कालीन माओवादी केन्द्रबाट दाङ क्षेत्र नं. २ बाट निर्वाचित भएका थिए । पछि सबै दलहरूको समर्थनमा सर्वसम्मत रुपमा प्रतिनिधि सभाको सभामुख भए ।
महरा बेलाबेला संसदीय पद्धतिलाई राम्रोसँग चलाउन सकेनन् भनेर आलोचित पनि हुने गरेका छन् । सकेम्म महराले आफूलाई सुधार गर्दै र कमीकमजोरीलाई सच्चाउँदै आएका छन् ।
उनको यो कार्यको प्रमुख विपक्षी दल नेपाली कांग्रेसले पनि प्रशंसा गरेको छ ।
सभामुखलाई भेट्दा केही निश्चित मर्यादा हुन्छन् । त्यो मर्यादालाई सबैले ख्याल गर्नुपर्छ । अनुसरण गर्नुपर्छ ।
तर, महराकै दल सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य समेत रहेका प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सभामुख महरासँग उनकै बैठक कक्षमा भलाकुसारी गर्दा बसेको आसनले आलोचना खेप्नु परेको छ ।
महरासँग तस्वीर खिचाउँदा होस् वा भेट्दा मुख्यमन्त्री पोखरेल मात्रै होइन कि सबैले आफूलाई मर्यादित बनाएर बस्नुपर्छ ।
सभामुख महरा भद्र र शालिन व्यक्ति हुन् । उनले अरुलाई चित्त दुखाउन चाहँदैनन् ।
महरा आफ्नो सिटमा राम्रोसँग बसेका छन् । तर, छेउँमै बसेका मुख्यमन्त्री पोखरेल भने आफ्नो पदीय हैसियत र सभामुखको गरिमालाई भुलेर ‘उपर खुट्टी’ लगाएर बसेका छन् ।
राजनीतिक होस् वा राजकीय पद सबैमा पोखरेलभन्दा महरा धेरै माथि छन् । मुख्यमन्त्री पोखरेलले सभामुख महरासँग बसेर तस्बीर खिचाएको विषय समान्य हो ।
तर, तस्वीर खिचाउँदाको आसन के थियो भन्ने कुराले ठूलो महत्व र अर्थ राख्छ । अहिले सामाजिक सञ्जाल फेसबुकमा महरा र पोखरेलको तस्वीर भाइरल बनेको छ । मुख्यमन्त्री पोखरेलको आलोचना भएको छ ।
आलोचकहरूले प्रदेश ५ का मुख्यमन्त्री एवम् नेकपाका नेता पोखरेलको खुलेर आलोचना गरेका छन् । विवादमा आइरहने पोखरेलले केही दिन अगाडि रोल्पामा आयोजित एक कार्यक्रममा मिडियाहरूप्रति आक्रोश व्यक्त गरेका थिए ।
सञ्चारमाध्यमप्रति अनुदार मानिने पोखरेलले सभामुख महरासँग देखाएको हर्कतको नेकपाकै नेता तथा कार्यकर्ताहरूले आलोचना गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत