रिटर्नी माइग्रेन्टको नाममा ढुंगेलद्वारा पूर्वएमाले जन्माउँदै, सरकारी पैसा दुरुपयोग
काठमाडौं । राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुंगेलले पदको दुरुपयोग गरेर आफ्ना गतिविधिहरूलाई चलाएपछि असन्तुष्टि बढेको छ ।
परिषदलाई ढुंगेलले पूर्वएमालेको भ्रातृ संगठन जस्तै गरेर सञ्चालन गरेपछि असन्तुष्टि र आलोचना बढेको हो । परिषदको गतिविधि र कार्यक्रम सञ्चालनमा पनि ढुंगेलले अपरादर्शी बनाएर लाभ लिने गरेको स्रोतले जनाएको छ ।
विदेशबाट स्वदेश आएका युवाहरूलाई लक्षित गरेर माधव ढुंगेलले परिषदको रकम खर्च गरेर ‘रिटर्नी माइग्रेन्ट नेपाल’ नामक संस्था स्थापना गरिएका थिए । यो संस्थामा पूर्वएमाले निकटका युवाहरू आबद्ध छन् । पूर्वएमालेको भ्रातृ संगठन जस्तै गरेर रिटर्नी माइग्रेन्ट नेपाललाई माधब ढुंगेलले चलाउने गरेको आरोप छ ।
विदेशबाट स्वदेश फर्किएका युवाहरूलाई रिटर्नी माइग्रेन्टमा समावेश गरेर रोजगारीमा लगाउने भनिएको छ । तर, स्थापना हुँदादेखि नै रिटर्नी माइग्रेन्टलाई माधव ढुंगेलले निकम्मा बनाएको आरोप छ ।
रिटर्नी माइग्रेन्टलाई राजनीतिक मुक्त स्वतन्त्र संस्था बनाएर काम गर्ने आश्वासन दिइएपनि कांग्रेस निकटका युवाहरूलाई छेउछाउँ पर्न नदिएपछि रिटर्नी माइग्रेन्ट नामक संस्था फुटको संघारमा पुगेको छ । नेपाली कांग्रेसका युवाहरू रिटर्नी माइग्रेन्ट जस्तै अर्को संस्था बनाएर युवाहरूको पक्षमा काम गर्ने तयारी गरेको छ । अर्को संस्था बनाउनका लागि गृहकार्य समेत शुरु भइसकेको छ ।
०७२ सालमा स्थापना भएको रिटर्नी माइग्रेन्टलाई माधव ढुंगेलले आफ्नो स्वार्थ अनुकूल चलाउँदै आएका छन् । माधव ढुंगेलले रिटर्नी माइग्रेन्टको पूर्वएमाले निकटका व्यक्ति उत्तम अधिकारीलाई अध्यक्ष बनाएका छन् । अधिकारीले परिषदका उपाध्यक्ष माधव ढुंगेलको पिएले जस्तै काम गर्दै आएको नेपाली कांग्रेस निकटका युवाहरूले आरोप लगाउँदै आएका छन् ।
रिटर्नी माइग्रेन्टमा आजीवन सदस्य बन्न ५ हजार लिने गरिन्छ । रिटर्नी माइग्रेन्टलाई स्वतन्त्र र सबै राजनीतिक अस्था राख्ने युवाहरूलाई समेट्ने भनिएको थियो । तर, अहिले नेकपाभन्दा बाहिरका युवाहरूलाई सहज रुपमा प्रवेश दिइएको छैन । भेदभाव गरिएको छ ।
भेदभाव गरिएपछि कांग्रेस निकटका युवाहरूले अर्को संस्था बनाउन थालेका हुन् । उनीहरूले माधव ढुंगेललाई परिषदको उपाध्यक्ष जस्तो जिम्मेवार पदमा बसेर सरकारी स्रोत साधन दुरुपयोग गरेर रिटर्नी माइग्रेन्ट नेपालमार्फत पूर्वएमालेको संगठन नगर्न चेतावनी दिएका छन् ।
नेपाली कांग्रेस निकटका युवा सरोज कोइराला, मुना सिटौलासहितका युवाहरूले रिटर्नी माइग्रेन्टलाई स्वतन्त्र राख्नुपर्ने माग राखेका छन् । उनीहरूले रिटर्नी माइग्रेन्ट नेपाललाई राष्ट्रिय युवा परिषदका अध्यक्ष माधव ढुंगेलले आफ्नो दलको भातृसंगठन जस्तो नबनाउन आग्रह गरेका छन् ।
रिटर्नी माइग्रेन्ट नेपालको प्रथम महाविधेशन वैशाख १५ र १६ गते पोखरामा सम्पन्न भएको थियो । माधव ढुंगेलको ठाडो निर्देशनमा पोखरा महाधिवेशनले पूर्वएमाले निकटका उत्तम अधिकारीलाई अध्यक्ष चयन गरेको थियो । अध्यक्षमा कांग्रेस निकटका युवाहरूले उम्मेदवारी दिने तयारी गरेका थिए ।
तर, माधव ढुंगेलले विरोधीहरूलाई पेलेर उत्तम अधिकारीलाई अध्यक्ष बनाएका थिए । ३५ सदस्यीय कार्यसमितिमा नेपाली कांग्रेस निकटका युवाहरू छैनन् । विरोध हुने डरले कांग्रेसका १–२ जनालाई कार्यसमितिमा राखिएको छ । तर, उनीहरूले पनि रिटर्नी माइग्रेन्ट नेपालमा नबस्ने भनेर घोषणा गरेका छन् ।
पोखरामा भएको महाधिवेशनको सबै खर्च राष्ट्रिय युवा परिषदले गरेको थियो । महाधिवेशनमा प्रतिनिधिहरूसँग दुई हजारका दरले पनि रकम उठाइएको थियो । महाधिवेशनमा करीव एक सय ९० जनाको उपस्थिति थियो ।
महाधिवेशनमा करीव पाँच लाख खर्च भएको थियो । परिषदका उपाध्यक्ष माधव ढुंगेल महाधिवेशनका बेला पाँच सय जनाको हस्ताक्षर गराउनु है भनेर निर्देशन दिएका थिए । ढुंगेलले आफू निकटका युवाहरूलाई उपस्थिति गराएर परिषदबाट पैसा घोटाला गरेको स्रोतले जनाएको छ ।
रिटर्नी माइग्रेन्ट नेपालका अध्यक्ष उत्तम अधिकारीले संस्था खोल्ने अधिकार सबैलाई रहेको भन्दै आफूहरूसँग मतभेद राखेर बाहिर जान चाहनेलाई रोक्न नसकिने प्रतिक्रिया दिए । उनले संस्थामा कुनै पनि राजनीतिक विभेद नरहेको बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत