अधिनायकवादी कम्युनिस्ट सरकार आफै नाङ्गिदै छः दीपक गिरी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरीले मिडिया काउन्सिल सम्बन्धि विधेयकमा समावेश गरिएका प्राबधानहरूले कम्युनिष्ट सरकारको अधिनायकवादी चरित्र छर्लंग भएको टिप्पणी गरेका छन् ।

मंगलबार रिपब्लिका दैनिकसँग कुरा गर्दै उनले नेपाली प्रेस जगतले सरकारका बेथितीलाई उजागर गरेपछि कम्युनिष्ट सरकार अत्तालिएर पे्रसलाई नीतिगत रुपमै नियन्त्रण गर्ने प्रपञ्चमा लागेको आरोप लगाए । उनले भने, ‘कम्युनिस्टहरू प्रेससँग डराउँछन् । उनीहरूले लोकतान्त्रिक पद्धतिलाई मन पराउँदैनन् ।’

‘राजश्व अनुसन्धान विभाग, राष्ट्रिय अनुसन्धान विभाग लगायतका निकायहरूलाई प्रधानमन्त्री खड्गप्रसाद ओलीको मातहतमा राखेर अधिनायकवादी पाइला अघि सारिएको छ’, उनले भने, ‘ओली नेतृत्वको कम्युनिस्ट सरकारले अहिला कानूनी रुपबाटै प्रेसलाई नियन्त्रण गर्ने, अनि क्रमशः मुलुकलाई कम्युनिष्टकरण गर्ने सोँच बनाएको छ ।’

कांग्रेस नेता गिरीले मिडियालाई नियन्त्रण गरेर ओली सरकारले मुलुकमा अधिनायकवाद संस्थागत गर्न लागेको बताए ।

नेता गिरीले प्रधानमन्त्री ओलीको विदेश भ्रमणको आलोचना गरेका छन् । ‘कम्बोडिया, भियतनाम भनेका कस्ता मुलुक हुन् ? यिनको बिगत के छ ?’, उनले भने, ‘तानाशाही शासन लम्व्याउने सूत्र जान्नका लागि प्रधानमन्त्री खड्गप्रसाद ओली ती मुलुकको भ्रमणमा निस्कनु भएको छ ।’

Published : Tuesday, 2019 May 14, 7:51 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया