जय नेपाल भनेको नेपालको जय होः शेरबहादुर देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जय नेपाल सम्बोधन नगरे के भनेर सम्बोधन गर्ने भन्दै प्रश्न गरेका छन् ।
कम्युनिस्ट सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले कांग्रेसले महेन्द्रकालीन जय नेपाल बोकेर हिँडेको छ भन्ने अभिव्यक्ति दिएकोमा देउवाले प्रश्न गरे, ‘जय नेपाल भनेको त नेपालको जय भनेको हो नि ।’
आइतबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा देउवाले भने, ‘जय नेपाल नभनेर के भन्ने त? जय इण्डिया, जय चीन भन्ने ?’
नीति तथा कार्यक्रममा राष्ट्रपतिले नेपाल सरकारको ठाउँमा मेरो सरकार भनेपछि शब्दलाई लिएर प्रतिपक्षले अनावश्यक विरोध गरेको भन्दै प्रवक्ता बाँस्कोटाले जय नेपाल, मेरो सरकार शब्द डिस्नेरीबाटै हटाउनुपर्ने हो भनेर बिहीबार प्रश्न गरेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत