ओलीको अभिव्यक्ति एक दिन पनि टिक्न सकेन

रसुवा । कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले सुन तस्करीको मुख बन्द भएको भनेर दिएको सार्वजनिक अभिव्यक्ति सेलाउन नपाउँदै चीनको केरुङबाट स्याउ लिएर आएको कन्टेनरमा ७ किलो सुन फेला परेको छ ।

सुनसहित सवारी चालक रसुवाको नौकुण्ड गाउँपालिका–१ का शेर ग्याल्बो घले पनि पक्राउ परेका छन् ।

रसुवागढी नाका हुँदै ना ६ ख ९०६८ नम्बरको कन्टेनरको क्याबिनमा लुकाएर ल्याएको ७ केजी सुन विशेष सुराकीको आधारमा बरामद गरिएको टिमुरे प्रहरी चौकीका प्रहरी निरीक्षक दिलिप क्षेत्रीले बताए ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले घट्टेखोलाबाट सुन बरामद गरेको बताइएको छ ।

प्रधानमन्त्री ओलीले सोमबार मात्रै सुन तस्करीको सबै बाटाहरु बन्द गरेको दाबी गरेका थिए ।

‘अब सुनको तस्करी चल्दैन, जिल्ला जिल्लामा जमिनमुनि गाडेको पनि खोतलेर निकालिन्छ’ भनेको भोलिपल्टै सुन तस्करी हुँदै गरेको अवस्थामा ठूलो परिमाणमा तस्करी हुँदै गरेको सुन बरामद भएको हो ।

अहिले तस्करहरुले त्रिभुवन विमानस्थल हुँदै सुन ल्याउन कमी गरेको भए पनि चीनतर्फको नाका हुँदै ल्याउने क्रम भने रोकिएको छैन ।

Published : Tuesday, 2019 April 23, 10:41 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया