कांग्रेस नेताहरूद्वारा नेकपाका सांसदप्रति श्रद्धाञ्जलि व्यक्त
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रदेश सांसद उत्तरकुमार ओलीको असामयिक निधनप्रति दुःख व्यक्त गरेका छन् ।
केन्द्रीय सदस्य गिरीले भनेका छन्, ‘यस दुखद् घडीमा आम शुभचिन्तक, परिवारजनमा ईश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरून् । दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रदाञ्जलि अर्पण गर्दछु ।’
त्यसैगरी, नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद पार्वती डिस चौधरी, राष्ट्रिय सभामा नेपाली कांग्रेसकी सांसद अनिता देवकोटाले पनि प्रदेश सांसद ओलीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
प्रदेश ५ अन्तर्गत दाङ जिल्लाको निर्वाचन क्षेत्र नं. ३ ‘ख’बाट प्रदेशसभा सदस्यमा ओली निर्वाचित भएका थिए ।
तत्कालीन एमालेले ओलीलाई प्रदेश सभाको टिकट दिएको थियो । ओलीले नेपाली कांग्रेसका उम्मेदवारलाई पराजित गर्दै निर्वाचित भएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत