प्रहरीका चार जना डिएसपीहरूको काज सरुवा
काठमाडौं । नेपाल प्रहरीका चार जना नायव उपरीक्षक (डीएसपी)हरूको पनि काज सरुवा भएको छ ।
काज सरुवा हुनेमा डिएसपी सन्तोषकुमार भट्टराई (रामेछाप), बासुदेव खतिवडा (जनसेवा, न्यूरोड), अमरेन्द्रबहादुर सिंह (सुरक्षा परिषद, सिंहदरबार) र मित्रबन्धु शर्मा (पहरा गण महाराजगञ्ज) रहेका छन् ।
प्रहरी मुख्यालय उच्च स्रोतका अनुसार बिहीबार साँझ यी चार डिएसपीहरूको काज सरुवा गरिएको हो ।
नेपाल प्रहरीका ६६ जना एसपीहरूको बिहीबार नै पदस्थापना र सरुवा भएको थियो ।
Published : Thursday, 2019 February 21, 10:09 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत