आयोगद्वारा देउवा पक्षको अधिवेशन अभिलेखमा राखेसँगै अदालतको फैसला नअउँदासम्म गगन समूहले मान्यता नपाउने
काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दिएको १५औँ महाधिवेशन गर्न लागेको जानकारीलाई अभिलेखीकरण गरेर राखेको छ ।
१४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पदाधिव र विधानको व्यवस्थाअनुसार १५औँ महाविधेशन सम्पन्न गर्ने निर्णय एवम् सोसँग सम्बन्धित कानूनी र प्रक्रियागत विवरण अयोगको जानकारी तथा अभिलेखका लागि भनेर सभापति देउवाले असोज १३ गते आयोगलाई पत्र पठाएका थिए । प्रमुख निर्वाचन आयुक्तलाई सम्बोधन गरिएको सो पत्रमा ‘फाइल खडा गरी अभिलेखमा राख्नु हुन’ भनेर सोही दिन नै प्रमुख निर्वाचन आयुक्तले तोक आदेश गरेका छन् ।
सभापति देउवाले निर्वाचन आयोगलाई जानकारी पत्रसहित सर्वोच्च अदालतबाट अनुमति प्राप्त आदेशको कपी पनि संलग्न राखेर बुझाएका छन् ।
निर्वाचन आयोगले सभापति देउवाको पत्रलाई अभिलेखमा राखेपछि नेपाली कांग्रेसको १५औँ महाधिवेशनका नाममा गगन थापा समूहले गरिरहेका गतिविधिलाई सर्वोच्च अदालतको अन्तिम फैसला नआउँदासम्म मानन्यता दिनेछैन । गगन थापा समूहको अधिवेशनलाई निर्वाचन आयोगले अध्यावधि नगर्ने एकजना कानून व्यवसायीले बताएका छन् ।
सभापति देउवाले कांग्रेसको मुद्दामा पुनरावलोकनको अङ्ग पुगी सुनुवाईको पर्खाइमा रहेको जानकारी पनि आयोगलाई गराएका छन् ।
‘नेपाली कांग्रेस पार्टीसँग सम्बन्धित निर्वाचन आयोगको मिति २०८२/१०/०२ गतेको निर्णय उपर सम्मानित सर्वोच्च अदालतमा मुद्दा दायर भई (संयुक्त इजलासको मिति २०८३/०१/०४ को फैसला लगायतका आदेशहरू पश्चात) सो फैसला उपर पुनरावलोकन गरीपाउँ भनि म समेतले पेस गेको निवेदनमा सम्मानित सर्वोच्च अदालतको मिति २०८३/०४/२१ गतेको आदेशले पुनरावलोकनको अनुमति प्राप्त भइसकेको छ । हाल उक्त विषय सम्मानित सर्वोच्च अदालतमा बिचाराधीन रहेको र पुनरावलोकनको अङ्ग पुगी सुनुवाईको पखाईमा रहेको व्यवहोरा अवगतै छ,’ सभापति देउवाको पत्रमा भनिएको छ ।
‘नेपाली कांग्रेसको चौधौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको ५ वर्षको कार्यकाल (विधान बमोजिम थप गरिएको अवधि समेत) २०८३ साल मंसिर मसान्तमा सकिने भएकाले नेपाली कांग्रेसको बिधान, २०१७ (संशोधनसहित) अनुसार १५औँ केन्द्रीय महाधिवेशन २०८३ साल मंसिर २१, २२ र २३ गते काठमाडौंमा गर्ने निर्णय गरिएको छ । सोका लागि निम्न बमोजिम तहगत अधिवेशनको कार्यतालिका तय गरिएको छ । उक्त कार्यतालिकामा त्यहा आयोग जानकारी लागि पठाइएको छ,’ सभापति देउवाको पत्रमा भनिएको छ ।
आयोगलाई पठाएको पत्रमा सभापति देउवाले भनेका छन्, ‘अतः १५औँ महाधिवेशनबाट निर्वाचित भई आउनु हुने नेपाली कांग्रेसको प्रदेश कार्यसमिति र केन्द्रीय कार्यसमिति तथा पदाधिकारीहरूको नामावली समेत नेपालको संविधान र प्रचलित कानून बमोजिम महाधिवेशन सम्पन्न भए पश्चात अध्यावधिक गर्नका लागि निमित्त पुनः प्रेषित गरिने व्यहोरा अनुरोध गर्दछु ।’
सभापति देउवाले वडा अधिवेशन २०८३ असोज १५ गते, पालिका अधिवेशन २०८३ असोज २० गते, प्रदेश सभा तथा क्षेत्रीय अधिवेशन २०८३ असोज २३ गते, जिल्ला अधिवेशन २०८३ कात्तिक १५ गते, प्रदेश अधिवेशन (सात वटा प्रदेश) २०८४ मंसिर ४ गते र केन्द्रीय महाधिवेशन २०८३ मंसिर २१, २२ र २३ गते हुने कार्यसूची निर्वाचन आयोगलाई बुझाएका छन् ।
तथाकथित विशेष महाधिवेशनका नाममा नेपाली कांग्रेस हाइज्याक गरेर गगन थापाले आफूलाई सभापति घोषणा गरेका छन् । सभापति शेरबहादुर देउवासहितको कार्यसमिति सर्वोच्च अदालतमा न्यायका लागि पुनरावलोकनको निवेदन लिएर गएको छ । सर्वोच्च अदालतले पनि पुनरावलोकनको निस्सा दिएको छ । अदालतमा कांग्रेसको आधिकारिकताको मुद्दा बिचाराधीन रहेका बेला गगन थापा समूहले एकलौटी रुपमा न्यायालयलाई प्रभावमा पर्ने उद्देश्यले गगन समूहले गतिविधि गरेपछि शेरबहादुर देउवा पक्ष पनि अधिवेशनमा गएको छ ।


बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया