जनप्रतिनिधिहरूद्वारा कांग्रेसमा बृहत एकताका लागि अपील, हाइज्याकरलाई जिम्मेवार बन्न आग्रह

काठमाडौं । नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूको पार्टी एकताका लागि संयुक्त राष्ट्रिय दबाब अभियानले पार्टीभित्र अहिले देखिएको अन्तरविरोधप्रति चिन्ता जनाउँदै कांग्रेसमा बृहत एकताका लागि जिम्मेवार बन्न अपील गरेको छ ।

बुधबार अभियानका तर्फबाट संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गरेर कांग्रेस स्थापनाकालदेखि नै निरंकुशताविरूद्ध नागरिक अधिकार र स्वतन्त्रताका लागि लड्दै आएको पार्टीफेरि एक पटक नागरिक अधिकार रक्षाका लागि संघर्ष गर्न सन्निकट रहेको जनाइएको छ ।

यस्तो अवस्थामा पार्टी पार्टीभित्रको अन्तरविरोधले नागरिक स्वतन्त्रता र राष्ट्रिय एकतालाई क्षति पु¥याउन लागिपरेको समूहलाई वातावरण बनाइदिए जस्तै भएको विज्ञप्तिमा उल्लेख छ ।

‘पार्टीभित्रको वृहत्तर एकता आजको आवश्यकता हो,’ विज्ञप्तिमा भनिएको छ, ‘देशभरका कांग्रेस समर्थित मात्र होइन, शुभेच्छुकहरूले समेत कांग्रेसभित्रको एकतालाई अपरिहार्य ठानिरहेको अवस्था छ ।’

‘समाजमा बढ्दै गएको अराजकता, असंहिष्णु ब्यवहार नियन्त्रण राज्यको दायित्व हो,’ विज्ञप्तिमा भनिएको छ, ‘अहिले सुनसरीको देवानगञ्ज क्षेत्रमा भइरहेको धार्मिकद्वन्द्वले पछिल्लो दिन थप संकटपूर्ण भएको संकेत गरिरहेको छ । यसबाट देशलाई जोगाउन, समाजलाई जोड्न र भड्किएको मनलाई संग्ल्याएर लान आवश्यक छ ।’

‘सुनसरीको अवस्थाले झन् कांग्रेसभित्रको एकताको आवश्यकता औंल्याएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसबीचमा पार्टी एकताका सन्दर्भमा सभापतिसहित शीर्ष नेताहरूसँग भएका छलफल सकारात्मक रहेको समेत जानकारी गराउँदछौं ।’

कांग्रेस पार्टीभित्रको एकतालाई ध्यानमा राख्दै यसबीचमा जनप्रतिनिधिहरूले पार्टी एकताका लागि दबाब दिइरहेको र सोही सन्दर्भमा साउन १६ गतेका लागि बोलाइएको देशभरका कांग्रेस समर्थित जनप्रतिनिधिहरूको भेला साउन २७ का लागि सारिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

पार्टी एकताका लागि हुने अनौपचारिक दबाब अभियान भने निरन्तर चलिरहने अभियानले जनाएको छ । आफ्नो ठाउँ र क्षेत्रबाट शीर्ष नेताहरूलाई दबाब अभियान चलाइरहन कांग्रेस समर्थित जनप्रतिनिधिहरू, शुभेच्छुक, समर्थक सबैमा दबाब अभियानले अपील गरेको छ ।

संयुक्त विज्ञप्ति जारी गर्नेहरूमा भीमप्रसाद ढुङ्गाना (अध्यक्ष एवं नगरप्रमुख, नेपाल नगरपालिका संघ/नीलकण्ठ नगरपालिका), चिरीबाबु महर्जन (अध्यक्ष एवं नगरप्रमुख ललितपुर महानगरपालिका/उपत्यका मेयर फोरम), उपेन्द्र कार्की (संयोजक एवं नगरप्रमुख, नेपाल नगरपालिका संघ, बागमती/कागेश्वरी मनोहरा नगरपालिका), प्रकश भण्डारी (सदस्य सचिव एवं नगरप्रमुख, शारदा नगरपालिका), लक्ष्मण शाही (उपाध्यक्ष एवं अध्यक्ष, गाउँपालिका राष्ट्रिय महासंघ/हिमा गाउँपालिका) रहेका छन् ।

गगन थापाले नेपाली कांग्रेसलाई भृकुटीमण्डप भेलाबाट हाइज्याक गरेपछि कांग्रेस विभाजनको संघारमा छ । गगनले कानूनी रुपमा कांग्रेसलाई पाए पनि कांग्रेसका नेता तथा कार्यकर्ताको विभाजन भएको मनलाई जोड्न सकेका छैनन् ।

गगनले कांग्रेसमा आफ्ना विरोधी नेताहरू वा फरक बिचार राख्ने नेताहरूलाई क्रियाशील सदस्यता अध्यावधिका नाममा सखाप पार्न खाजेका छन् । गगनको यो हर्कतलाई ठूलो संख्याका नेता तथा कार्यकर्ताले रुचाएका छैनन् ।

क्रियाशील सदस्यता नवीकरण गरेका सबैलाई पार्टीमा सहभागी हुन दिने हो भने गगनको कार्यसमितिका गगनसहित मुस्किलले ५ जनाले १५औँ महाधिवेशनमा जित्ने छन् । अरु सबै पराजित हुने सम्भावना छ । पराजित हुनेमा विश्वप्रकाश शर्मा, पुष्पा भुसाल, गुरुराज घिमिरे, प्रदीप पौडेलहरू पनि पहिलो नम्बरमा छन् ।

Published : Wednesday, 2026 July 29, 8:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया