सुनसरी घटनाको ३ दिनपछि प्रधानमन्त्रीद्वारा आईजीपीद्वय कार्की र पौडेलसँग अलग अलग भेट

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सुनसरी घटना र त्यसपछि उत्पन्न शान्ति सुरक्षाको परिस्थितिबारे सुरक्षा निकायका प्रमुखहरूसँग विस्तृत ब्रिफिङ लिएका छन् ।

बुधबार गृहमन्त्री सुधन गुरुङको समेत उपस्थितिमा प्रधानमन्त्री शाहले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल, नेपालका प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलसँग छुट्टाछुट्टै भेट गरी सुनसरीको पछिल्लो वस्तुस्थिति, सुरक्षा चुनौती तथा सम्भावित जोखिमबारे विस्तृत जानकारी लिएका हुन् ।

ब्रिफिङका क्रममा प्रधानमन्त्री शाहले सुनसरीको परिस्थिति तत्काल नियन्त्रणमा लिन, आम नागरिकको धनजनको सुरक्षा सुनिश्चित गर्न र सामाजिक सद्भावमा खलल पु¥याउन खोज्ने तत्वहरूमाथि कडा निगरानी राख्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री शाहले शान्ति सुरक्षा कायम राख्न कुनै पनि किसिमको सम्झौता नगर्न र गृह मन्त्रालय मातहतका दुवै सुरक्षा निकायलाई उच्च सतर्कताका साथ परिचालन गर्न स्पष्ट निर्देशन दिएका छन् ।

सुनसरी घटना भएको झण्डै तीन दिनपछि प्रधानमन्त्री शाह र गृहमन्त्री गुरुङले आईजीपीद्वय कार्की र पौडेलसँग अलग अलग भेट गरेर बिफ्रिङ लिएका छन् । यसअघि नेपाल प्रहरीका आईजीपी कार्कीसँग देशको सुरक्षा अवस्थाका बारेमा प्रधानमन्त्री शाहले नियमित बिफ्रिङ लिएको भए सुनसरी घटना हुने सम्भावना निकै कम हुने थियो ।

Published : Wednesday, 2026 July 29, 7:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया