पूर्णबहादुर खड्का पनि पुगे पुनरावलोकनको निवेदन लिएर सर्वोच्च, कांग्रेसका हाइज्याकरहरूलाई तनाब
काठमाडौं । गगन थापाले भृकुटीमण्डप भेलाबाट नेपाली कांग्रेसलाई हाइज्याक गरेपछिको आधिकारिकतासम्बन्धी विवाद फेरि सर्वोच्च अदालत पुगेको छ ।
सर्वोच्च अदालतबाट यसअघि भएको फैसलाप्रति असन्तुष्टि जनाउँदै कांग्रेसका तत्कालीन सभापति पूर्णबहादुर खड्काले मंगलबार सर्वोच्च अदालतमा पुनरावलोकनका लागि निवेदन दर्ता गराएका छन् ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले कांग्रेस नेता खड्काको तर्फबाट पुनरावलोकन निवेदन दर्ताका लागि आएको बताए ।
यसअघि पनि सोही विषयमा तत्कालीन सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पक्षबाट पुनरावलोकन निवेदन दर्ता भइसकेको छ ।
सर्वोच्च अदालतले गत वैशाख ४ गते निर्वाचन आयोगले गरेको निर्णयलाई सदर गर्दै कांग्रेसको आधिकारिकता गगन थापा नेतृत्वको केन्द्रीय समितिलाई दिने निर्णयलाई वैध ठहर गरेको थियो । सोही फैसलाविरुद्ध असन्तुष्ट पक्षले पुनः कानूनी उपचारको बाटो रोजेको छ ।
खड्काले दर्ता गराएको पुनरावलोकन निवेदन तीन न्यायाधीशको इजलासमा पेस हुनेछ । इजलासले पुनरावलोकनका लागि निस्सा प्रदान गरेमा मुद्दा पुनः सुनुवाइ प्रक्रियामा प्रवेश गर्नेछ । निस्सा अस्वीकार भएमा भने पुनरावलोकनको प्रक्रिया त्यहीँ समाप्त हुनेछ ।
कांग्रेसको आन्तरिक नेतृत्व र आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतको आगामी निर्णयलाई देशभरिका कांग्रेसका नेता तथा कार्यकर्ताले चासोका साथ लिएका छन् । देउवा र खड्काले पुनरावलोकनका लागि सर्वोच्च अदालतमा निवेदन दिएपछि कांग्रेसका हाइज्याकरहरूलाई भने तनाब सिर्जना भएको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया