मेरा मित्र गोपालमानजीको निधनको खबरले स्तब्ध भएको छु : शेरबहादुर देउवा
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गोपालमान श्रेष्ठको निधनको खबरले आफू स्तब्ध भएको बताएका छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत देउवाले श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । देउवाले शोकमा रहेका परिवारजनप्रति समवेदना र स्व.श्रेष्ठलाई श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
देउवाले भनेका छन्, ‘नेपाली कांग्रेसका नेता, पूर्वउपप्रधानमन्त्री एवं मेरा मित्र गोपालमान श्रेष्ठजीको निधनको खबरले स्तब्ध भएको छु । उहाँको आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।’
‘नेपालको लोकतान्त्रिक आन्दोलनमा उहाँले निभाउनु भएको अग्रणी भूमिका सधैं स्मरणीय रहनेछ,’ पूर्वप्रधानमन्त्री देउवाले भनेका छन् ।
कांग्रेस नेता श्रेष्ठको मंगलबार साउन १२ गते ललितपुरको हेलिस अस्पतालमा उपचारका क्रममा निधन भएको छ । ८३ वर्षीय श्रेष्ठले क्यान्सर रोगको उपचार गराउँदै आएका थिए ।
बुधबार साउन १३ गते श्रेष्ठलाई पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने कार्यक्रम रहेको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया