एमाले र नेकपाबीच प्रदेशहरूमा सरकार बनाउने सहमति, कांग्रेस विपक्षमा पुग्यो

काठमाडौं । एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएको छ ।

शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश सरकारहरूमा सहकार्य गर्ने सहमति गरेका हुन् । एमाले र नेकपाबीच भएको सहमतिले नेपाली कांग्रेस प्रतिपक्षमा पुगेको छ ।

एमाले र नेकपाबीच भएको सहमति अनुसार कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपाले गर्नेछन् ।

मधेस र गण्डकीमा भने सरकार गठनका सन्दर्भमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग समेत परामर्श गर्ने सहमति भएको छ ।

सहमतिमा ओली र दाहालले हस्ताक्षर गरेका छन् । नेपाली कांग्रेसलाई दुई ठूला कम्युनिस्ट पार्टीले विपक्षमा पठाइदिएका छन् ।

Published : Saturday, 2026 July 25, 6:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया