बालेनको जम्बो सचिवालय, कसैलाई मन्त्री, कसैलाई राज्यमन्त्री सरहको सुविधा
काठमाडौं । झण्डै दुईतिहाइको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सरकारका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सचिवालयमा २७ जनालाई नियुक्ति दिएको खुलासा भएको छ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद सीता थपलिया (उर्मिला)ले प्रतिनिधिसभा नियमावलीअनुसार सोधेको लिखित प्रश्नको जवाफमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सचिवालयमा गरिएको नियुक्तिको संख्या खुलाएको हो ।
प्रधानमन्त्री शाहले मुख्य सल्लाहकार कुमार बेन र राजनीतिक सल्लाहकार असिम शाहलाई मन्त्री सरहको सेवा–सुविधा पाउने गरी नियुक्ति गरेका छन् । राज्यमन्त्री सरहको सुविधा पाउने गरी दुई जनालाई नियुक्ति दिएका छन् ।
नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्रले राज्यमन्त्री सरहको सुविधा पाइरहेका छन् ।
प्रधानमन्त्री शाहले मन्त्रालय संख्या २२ बाट १८ मा घटाएका थिए । आफ्नै सचिवालयमा दुई जनालाई मन्त्री सरह र दुई जनालाई राज्यमन्त्री सरह नियुक्ति दिएका छन् । प्रधानमन्त्री सचिवालयमा ४८ जनासम्म राख्न सक्ने व्यवस्था छ ।
प्रधानमन्त्री सचिवालयमा एक जना अवैतनिक स्वास्थ्य सल्लाहकार पनि नियुक्त भएका छन् । कांग्रेस सांसद थपलियाले संसद सचिवालयमा दर्ता गराएको प्रश्नमा प्रधानमन्त्री शाहको सचिवालयमा कुन कानूनअनुसार, कुन तहका, कस्तो सेवा–सुविधा पाउने व्यक्ति नियुक्ति भएका छन् भनेर सोधिएको थियो । उनीहरूले गाडी सुविधा पाए÷नपाएको पनि प्रश्न गरिएको थियो ।
जबाफमा प्रधानमन्त्री कार्यालयका सचिव पुष्कर सापकोटाले मन्त्री सरहका व्यक्तिको नियुक्ति प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि २०७४ अनुसार गरिएको उल्लेख गरेका छन् । मन्त्री र राज्यमन्त्रीसरह नियुक्ति पाउने सचिवालयका सदस्यहरूलाई कार्यालयले गाडी र चालक सुविधा समेत दिने गरेको छ ।
प्रधानमन्त्री सचिवालयको मासिक खर्चबारे सोधिएको प्रश्नमा पनि कार्यालयले कुनै जबाफ दिएको छैन । सचिवालयमा टेलिफोन, खाजा, पेट्रोलियम सहितको खर्च कति हुन्छ भन्ने प्रश्नमा पनि प्रधानमन्त्री कार्यालयले जवाफ दिएको छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद सचिवालयले खर्चका विषयमा जवाफ दिएको छैन ।
यसबाहेक सबै मन्त्री (उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्री) को सचिवालयमा नेपाल सरकारको रा.प. तृतीय श्रेणी सरहका १ जना स्वकीय सचिव, नेपाल सरकारको रा.प. तृतीय श्रेणी सरहका १ जना समन्वय, कार्यान्वयन तथा अनुगमन अधिकृत, नेपाल सरकारको रा.प. अनं. प्रथम श्रेणी सरहका १ जना सञ्चार तथा जनसम्पर्क सहायक, नेपाल सरकारको रा.प. अनं. प्रथम श्रेणी सरहका १ जना सहायकस्तरको कर्मचारी तथा श्रेणीविहीन २÷२ जना सवारी चालक र कार्यालय सहयोगी रहने व्यवस्था रहेको जवाफमा भनिएको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया