कांग्रेसका हाइज्याकरहरूलाई ठूलो झट्का, देउवा पक्षका नेताहरूले दिए सर्वोच्चमा पुनरावलोकनको निवेदन
काठमाडौं । शेरबहादुर देउवा पक्षका नेताहरूले नेपाली कांग्रेसको विवादका विषयमा भएको फैसलाविरुद्ध पुनः सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दिएका छन् ।
गगन थापाले भृकुटीमण्डपमा गरेको विशेष महाधिवेशनसम्बन्धी विवाद फेरि सर्वोच्च अदालतमा प्रवेश गरेपछि कतिथ विशेष महाधिवेशन पक्षधरहरूलाई झट्का लागेको छ ।
बिहीबार देउवाको वारेसमार्फत निवेदन दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता एवं सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले जानकारी दिएका छन् ।
सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट चुनेको कार्यसमितिलाई आधिकारिक भनेर गरेको आदेशलाई पुनरावलोकन गर्न माग गर्दै देउवा पक्षका नेताहरूले निवेदन दिएका हुन् ।
दुई जना न्यायाधीशहरू न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले वैशाख ४ गते विशेष महाधिवेशनबाट चुनिएको सभापति गगन थापाको कार्यसमितिलाई मान्यता दिएको थियो । सो फैसलाविरुद्ध देउवा पक्षले पुनरावलोकनको निवेदन दिएको छ ।
अब तीन जना न्यायाधीशहरूले बसेर यो मुद्दामा पुनरावलोकन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय लिनुपर्ने हुन्छ । उक्त निर्णयबाट पुनरावलोकन गर्न अनुमति पाएपछि फेरि मुद्दाको प्रक्रिया अघि बढ्नेछ ।
यो पुनरावलोकन गर्ने वा नगर्ने भन्ने विषयमा न्यायाधीशहरू महिनाको दुई पटक मात्रै बसेर निर्णय गर्ने गरेका छन् । यसको निर्णय कहिले हुने भन्ने टुंगो लागिनसकेको प्रवक्ता कोइरालाले बताएका छन् ।
विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएको भन्दै तत्कालीन सभापति शेरबहादुर देउवा र तत्कालीन कार्यबाहक सभापति पूर्णबहादुर खड्का सर्वोच्च अदालत गएका थिए । उनीहरूले निर्वाचन आयोग, विशेष महाधिवेशनबाट चुनिएका सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मालाई विपक्षी बनाएका थिए ।
गगन थापाले भृकुटीमण्डप भेलालाई कथित विशेष महाधिवेशन भनेर नेपाली कांग्रेस पार्टी हाइज्याक गरेर आफूलाई सर्वसम्मत सभापति घोषणा गरेका थिए । तत्कालीन सभापति देउवालाई गगनले अपदस्थ गरेका थिए । गगनलाई निर्वाचन आयोग र सर्वोच्च अदालतले कानूनी मान्यता दिएको थियो । ेदेउवा पक्षले सर्वोच्चको सो फैसलाविरुद्ध पुनरावलोकनको निवेदन दिएपछि कांग्रेसका हाइज्याकरहरूलाई ठूलो झट्का लागेको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया