अख्तियारद्वारा मधेश प्रदेशका पूर्वअर्थमन्त्रीसहित सात जनामाथि भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बाग्मती म्युनिसिपल पार्क र रिसोर्ट निर्माणमा भ्रष्टाचार गरेको आरोपमा मधेश प्रदेशका पूर्वअर्थमन्त्री शैलेन्द्रप्रसाद साहसहित सात जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले साहसहित मधेश प्रदेश सरकारको अर्थमन्त्रालयका तत्कालीन सचिव गजेन्द्रकुमार ठाकुर, सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापा, उपप्रमुख लीलाकुमारी मोक्तान, प्रमुख प्रशाकीय अधिकृत विमलकुमार पोखरेल, मधेश प्रदेश सरकारको अर्थ मन्त्रालयका उपसचिव उद्धवराज न्यौपाने र ठेकेदार बिकोई धुलिखेल जेवीका प्रतिनिधि युवराज पोखरेलमाथि भ्रष्टाचार मुद्दा दायर गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
अख्तियारले उक्त निर्माणमा ३९ करोड ३९ लाख रुपियाँ भ्रष्टाचार भएको दाबी गरे पनि आरोपितहरूमाथि फरक–फरक बिगो र जरिवाना मागदाबी गरेको छ ।
मधेश प्रदेश सरकारका पूर्वअर्थमन्त्री साह र सचिव ठाकुरमाथि ३५ करोड रुपियाँ बिगो मागदाबी छ ।
अख्तियारले मेयर थापा, उपमेयर मोक्तान र प्रमुख प्रशासकीय अधिकृत पोखरेलमाथि ३९ करोड ३९ लाख रुपियाँ हानिनोक्सानी पु¥याएको आरोप लगाएको छ ।
मधेश प्रदेश सरकारका उपसचिव उद्धवराज न्यौपानेमाथि २० करोड भ्रष्टाचार गरेको आरोप छ ।
अख्तियारले ठेकेदार कम्पनीमाथि ३९ करोड ३९ लाख रुपियाँ हानिनोक्सानी पु¥याएको आरोप लगाएको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया