नेप्पो बेबी भन्दै शिक्षामन्त्रीविरुद्ध प्रदर्शन, विद्यार्थी नेताहरू पक्राउ

काठमाडौं । झण्डै दुईतिहाइको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको बालेन सरकारका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलविरुद्ध ‘नेप्पो बेबी’ भन्दै त्रिभुवन विश्व विद्यालयका विद्यार्थीले प्रदर्शन गरेका छन् ।

बिहीबार त्रिविको ६७औँ वार्षिक दिवसको अवसरमा त्रिवि केन्द्रीय कार्यालय, कीर्तिपुर आइपुगेका शिक्षामन्त्री पोखरेलविरुद्ध स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)का विद्यार्थीले नेप्पो बेबी भन्दै नाराबाजी गरेका हुन् ।

शिक्षामन्त्री पोखरेलविरुद्ध नेप्पो बेबी भनेर नाराबाजी र प्रदर्शन गर्ने विद्यार्थी नेताहरूलाई प्रहरीले पक्राउ गरेको छ । स्ववियु अध्यक्ष दीपक जोशीले वार्षिक कार्यक्रममा जान विद्यार्थीलाई रोक लगाएर पक्राउ गरिएको बताएका छन् ।

‘सिनेट बैठक आह्वान गर्न मन्त्रीज्यूलाई आग्रह गर्न विद्यार्थीले भेट्न खोज्नु भएको थियो,’ अध्यक्ष जोशीले भने । स्ववियु सचिव हिक्मत बुढा लगायतमा विद्यार्थीलाई प्रहरीले पक्राउ गरेका स्ववियु अध्यक्ष जोशीले बताएका छन् ।

Published : Thursday, 2026 July 23, 3:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया