राजनीतिक घटनाक्रमलाई गम्भीर चासो र जिम्मेवारीका नियालिरहेको छु, राज्यशक्तिको प्रतिशोधपूर्ण कार्य स्वीकार्य छैन : देउवा
काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले नेपालमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमलाई आफूले गम्भीर चासो र जिम्मेवारीका साथ निरन्तर नियालिरहेको बताएका छन् ।
वीपी स्मृति दिवसका अवसरमा मंगलबार प्रेस विज्ञप्ति जारी गरेर देउवाले विगत केही महिनादेखि स्वास्थ्य उपचारका सिलसिलामा परिवारसहित विदेशमा रहे पनि आफ्नो मन, सोंच र चिन्ता निरन्तर देश, जनता, लोकतन्त्र र राष्ट्रिय हितमै केन्द्रित रहेको बताएका छन् ।
देउवाले भने, ‘नेपालमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमलाई मैले गम्भीर चासो र जिम्मेवारीका साथ निरन्तर नियालिरहेको छु । आज फरक विचारप्रतिको असंहिष्णुता, राज्यशक्तिको प्रतिशोधपूर्ण प्रयोग, राजनीतिक पूर्वाग्रहका आधारमा हुने दमन साथ भौतिक र मनोवैज्ञानिक त्रास सिर्जना गरेर प्रतिपक्षलाई दबाउने प्रवृत्ति कुनै पनि लोकतान्त्रिक समाजका लागि स्वीकार्य हुन सक्दैन ।’
‘यस्तो संस्कृतिको विरोध गर्नु र त्यसलाई पराजित गर्नु नै नेपाली कांग्रेसको ऐतिहासिक दायित्व र अस्तित्वको आधार हो,’ देउवाले भने, ‘यस मूल्यमा कुनै पनि प्रकारको सम्झौता विगतमा सम्भव थिएन, आज पनि छैन र भविष्यमा पनि हुने छैन ।’
पूर्वप्रधानमन्त्री देउवाले प्रजातन्त्र भनेको जनताको सामूहिक आत्मनिर्णयको अधिकार रहेको बताए । ‘जनमत नै राष्ट्रको भविष्य निर्धारण गर्ने सर्वोच्च शक्ति हो । लोकतन्त्र कमजोर हुँदा राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र सार्वभौमसत्ता पनि दीर्घकालसम्म सुरक्षित रहन सक्दैनन्,’ उनले भने, ‘त्यसैले लोकतन्त्रको रक्षा गर्नु भनेको राष्ट्रको रक्षा गर्नु हो ।’
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया