परराष्ट्रमन्त्री खनाल र भारतका अतिरिक्त सचिव महावरबीच भेटवार्ता
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मामिला मन्त्रालयका अतिरिक्त सचिव (उत्तरी) मुनु महावरले शिष्टाचार भेटवार्ता गरेका छन् ।
बिहीबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा खनाल र महावरबीच भेटवार्ता भएको हो । भेटमा नेपाल र भारतबीचको आपसी सम्बन्धलगायतका विषयमा छलफल भएको छ ।
परराष्ट्रमन्त्री खनाललाई भेट गरेपछि अतिरिक्त सचिव महावरले परराष्ट्र सचिव अमृतबहादुर राईसँग पनि शिष्टाचार भेटघाट गरेका छन् ।
दुवै पक्षले विभिन्न क्षेत्रमा नेपाल र भारतबीचको सहकार्यबारे उपयोगी छलफल गरेको प्रेस नोटमा उल्लेख छ । विशेष साझेदारीलाई अझ मजबुत बनाउन कसरी अघि बढ्ने भन्नेबारेमा परराष्ट्रमन्त्री खनाल र अतिरिक्त सचिव महावरबीच विचार आदानप्रदान भएको छ ।
Published : Friday, 2026 July 17, 10:13 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया