उद्योग वाणिज्य संघका अध्यक्षको भाइ नागरिकता कीर्ते गरेर भारतीय आईएएस अफिसर, हुनसक्छ जेल सजाय
काठमाडौं । उद्योग वाणिज्य संघ कृष्णनगरका अध्यक्ष रितेश शर्माका भाइ नागरिकता कीर्ते गरेर भारतीय प्रशासनिक सेवा (आईएएस)को अफिसर भएको खुलेको छ ।
नेपालको वशंजको नागरिक रहेका आनन्द शर्मा आईएएस मधुवनी विहारको अफिसर भएका हुन् । भारतको कानूनले भारतीय वशंज नागरिक बाहेकलाई सरकारी सेवामा प्रवेश दिँदैन ।
कसैले उजुरी गरेमा उनी पदमुक्त हुनेमात्र होइन जेल नै जानसक्ने भारतीय सेवाका अधिकारी बताउँछन् ।
शर्माले नेपालको नागरिकता समेत त्यागेको सरकारी रेकर्डमा देखिँदैन । उनीविरुद्ध उजुरी परेमा रास्वपा सभापति रवि लामिछानेजस्तै नागरिकता रद्ध हुनसक्छ ।
स्थानीय प्रशासनका अनुसार आनन्द शर्मा कपिलवस्तुको कृष्णनगर नगरपालिका– २ निवासी देवकीनन्दन शर्माका छोरा हुन् । उनको घर जग्गा, जमीन सबै परिवार कृष्णनगर २ मा बस्दै आएको छ । उनले पठनपाठन पनि नेपालमै गरेका हुन् ।
‘बाबुको नागरिकता पनि नेपाली छ । भारतमा आइएस बन्न नपाउने हो । तर, कुन तरिकाले कसरी जानुभयो आईएसमा अचम्ममा परेका छौं,’ स्थानीय एक अगुवा भन्छन्, ‘सबै घरजग्गा नेपालीको नाममा छ । कुन आधारमा कसरी आईएएस अधिकारी हुनुभयो । कुन नागरिकता देखाएर उपल्लो तहमा जागिर खानुभयो, भारतीय बाहेक आईएएसमा इन्ट्री नै छैन । कुन आधारमा गएको छभन्ने कुरा गम्भीर छ ।’
शर्माको परिवारका सदस्य भने यो विषयमा बोल्न मानेनन् । संघका अध्यक्ष रितेश शर्मा कृष्णनगर क्षेत्रका विवादित व्यापारीमा पर्छन् ।








बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया