कांग्रेस सरकारको बजेट फेल गराउन खोज्ने एमालेका मन्त्रीहरू सरकारबाट बर्खास्त
धनगढी । बजेट पारित गर्न असहयोग गरेपछि सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका मन्त्रीहरूलाई बर्खास्त गरेका छन् ।
बजेट पास गर्न एमालेबाट साथ नपाउने सूचना पाएपछि मुख्यमन्त्री शाहले एमालेका मन्त्रीहरूलाई बुधबार बर्खास्त गरेका हुन् । सुदूरपश्चिम सरकारमा एमालेबाट भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र पाल, भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री बीरबहादुर थापा, आन्तरिक मामिला तथा कानूनमन्त्री हीरा सार्की र भौतिक पूर्वाधार राज्यमन्त्री निर्मलादेवी साउद रहेका छन् ।
नेपाली कांग्रेस र एमालेबीच आर्थिक वर्ष २०८३÷८४ को बजेटको विषयमा विवाद थियो । एमालेले खर्च कटौतिको समेत प्रस्ताव राखेको थियो ।
प्रतिपक्षी नेकपाबाट समेत खर्च कटौतीको प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता भएको छ । मुख्यमन्त्री शाहले खर्च कटौतिको प्रस्ताव फिर्ता लिन आग्रह गरे पनि एमालेले अस्वीकार गर्दै आएको थियो ।
असार मसान्तभित्र बजेट पारित गरिसक्नुपर्नेमा सत्ता साझेदारसँगको खटपटले मुख्यमन्त्री शाह अप्ठ्यारोमा परेका थिए ।
प्रदेश सरकारको बजेट संशोधन गर्न कांग्रेस, एमाले र नेकपाका प्रतिनिधि सम्मिलित कार्यदल बनाउने छलफल पनि भएको थियो । एमालेले बजेट पुनर्लेखन, पेश्की बजेट र सरकारको नेतृत्व परिवर्तनको प्रस्ताव अघि सारेपछि त्यो प्रयास विफल भएको थियो ।
बजेटमै शाह अप्ठ्यारोमा परेपछि सुदूरपश्चिमबाट एमाले र नेकपाको सत्ता सहकार्यको सुरुवात हुने सम्भावना बढेको छ । अहिलेको अवस्थामा कांग्रेसलाई समेत मिलाएर अघि बढ्नुपर्ने आवाज पनि दुवै पार्टीभित्र उठिरहेको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया