कांग्रेसका सबै मन्त्रीले दिए राजीनामा, एमाले सरकारलाई जोखिम
वीरेन्द्रनगर । एमालेसँगको खटपटपछि नेपाली कांग्रेसका मन्त्रीहरूले कर्णाली प्रदेश सरकारबाट राजीनामा दिएका छन् ।
बुधबार बिहान कांग्रेसका सबै मन्त्रीहरूले मन्त्रिपरिषद बैठक बस्नुभन्दा अगाडि मुख्यमन्त्री यामलाल कँडेललाई भेटेर सामूहिक रूपमा राजीनामा बुझाएका हुन् ।
कर्णाली सरकारमा कांग्रेसबाट ४ जना मन्त्री थिए । आफूहरूले सामूहिक रूपमा राजीनामा दिइसकेको सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले बताएका छन् ।
एमालेसँगको खटपटपछि कर्णालीमा कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन खोजेको छ । कांग्रेस र नेकपाबीच गठबन्धन गरेर कर्णालीमा सरकार बनाउने विषयमा कांग्रेसले आन्तरिक गृहकार्य गरेको बुझिएको छ ।
कर्णालीमा कांग्रेसका घनश्याम भण्डारी, राजीवविक्रम शाह, सुरेश अधिकारी र विजया बुढा मन्त्री थिए । कर्णालीमा ७ सदस्यीय मन्त्रिपरिषद रहेको छ । कांग्रेसबाट ४ र एमालेबाट ३ जना मन्त्री थिए ।
तत्कालका लागि एमालेका कँडेल नेतृत्वको सरकार संकटमा परेको छ । कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरीले कर्णाली प्रदेश सरकारबाट कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएको बताए । चौधरीले भने, ‘पूर्वसहमतिअनुसार जानुपर्छ । होइन भने सबै प्रदेशमा कांग्रेसका मन्त्रीहरूको राजीनामा आउन सक्ने सम्भावना छ ।’
कांग्रेस र एमालेबीच प्रदेशहरूमा आलोपालो सरकारको नेतृत्व गर्ने समझदारी थियो । एमालेले पूर्वसहमति कार्यान्वयनमा आलटाल गरेपछि प्रदेश सरकारहरू जोखिममा परेका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया