कांग्रेस सभापति थापा र मन्त्री राणाबीच भेटवार्ता, बृहत एकता गरेर जाने विषयमा सहमति
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानीमन्त्री रोज राणाबीच भेटवार्ता भएको छ ।
सोमबार काठमाडौंको नगपोखरी, नक्सालमा सभापति थापा र मन्त्री राणाबीच झण्डै दुई घण्टा ‘वान टू वान’ भेटवार्ता भएको हो । थापासँग लुम्बिनी प्रदेश सरकारको कामकारबाही, बजेट, पार्टीभित्रको आन्तरिक विषयमा कुराकानी भएको मन्त्री राणाले बताए ।
नेपाली कांग्रेस प्यूठानका क्षेत्रीय सभापति समेत रहेका मन्त्री राणाले क्रियाशील सदस्यता अध्यावधिका साथै पार्टीमा बृहत एकताका लागि सभापति थापासँग छलफल भएको बताए । उनले भने, ‘नेपाली कांग्रेसको १५औँ महाधिवेनलाई बृहत एकताका साथ सबै पक्षलाई समेटेर अगाडि बढ्न सभापति गगनकुमार थापाज्यूलाई सुझाव र सल्लाह दिएको छु । उहाँले पनि सबैलाई समेटेर जाने प्रतिवद्धता जनाउनुभएको छ ।’
लुम्बिनी प्रदेश सरकारको बजेटका विषयमा थापाले राणासँग जानकारी लिएका थिए । समग्र रुपमा लुम्बिनी प्रदेश सरकारको बजेट सन्तोषजनक रहेको भन्दै सभापति थापाले मन्त्री राणासँग खुसी व्यक्त गरेका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया