झण्डै दुईतिहाइको सरकारविरुद्ध आक्रोश बढेपछि प्रधानमन्त्री शाहद्वारा सभापति लामिछानेसँग भेट
काठमाडौं । झण्डै दुईतिहाइको सरकारविरुद्ध जनताको आक्रोश बृद्धि भइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले भेट गरेका छन् ।
आइतबार काठमाडौंको बुढानिलकण्ठस्थित सभापति लामिछानेलाई भेट्न प्रधानमन्त्री शाह लामिछानेकै निवास पुगेका हुन् । यसअघि प्रधानमन्त्री शाहलाई भेट्न सभापति लामिछाने बालुवाटारस्थित निवासमा जाने गरेका थिए ।
लामिछाने र शाहबीच समसामयिक राजनीतिकको विषयमा छलफल भएको स्रोतले जनाएको छ । उनीहरूका बीच आत्मदाह प्रकरण, सुकुम्बासी विवाद लगायतका विषयमा छलफल केन्द्रित रहेको बुझिएको छ ।
सभापति लामिछाने र प्रधानमन्त्री शाहबीच चितवनमा सम्पन्न पहिलो महाधिवेशनपछि मनोनीत हुन बाँकी ११ पदाधिकारी र ५१ केन्द्रीय सदस्यको विषयमा पनि छलफल भएको स्रोतको भनाइ छ ।
सभापति लामिछानेसँग भेट गर्न प्रधानमन्त्री शाह आफ्ना प्रमुख स्वकीय सचिव कुमार बेन, सचिवालयका सदस्य सुवास शर्मा र विवेक मिश्रका साथ बुढानिलकण्ठ पुगेका थिए ।
सभापति लामिछानेले प्रधानमन्त्री शाहलाई गरिबलाई दुःख दिएर, रूयाएर समस्याको समाधान नहुने भन्दै ती जनताको आँसुको श्राप लाग्ने बताएका छन् । सुकुम्बासी समस्या छिटो समाधान गर्न लामिछानेले शाहसँग आग्रह गरेका छन् ।
सभापति लामिछानेले प्रधानमन्त्री शाहसँग सरकारको काम गर्ने शैली नमिलेको भन्दै असन्तुष्टि जनाएको रास्वपाका एक नेताले जनाएका छन् ।
सभापति लामिछानेले गणेश नेपालीको आत्मदाहमा काठमाडौं महानगरलाई दोष दिन नमिल्ने र सरकारले जिम्मेवारी लिन पनि नमिल्ने धारणा प्रधानमन्त्री शाहसँग राखेको बुझिएको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया