कांग्रेस हाइज्याक गरेर गगनले तहस नहस बनाएका बेला कोइराला निवासमा २ नेताबीच भेट

काठमाडौं । भृकुटीमण्डपको भेला अर्थात् कथित विशेष महाधिवेशनबाट गगनकुमार थापाले नेपाली कांग्रेसलाई हाइज्याक गरेर तहस नसह बनाएका बेला नेताद्वय डा.शेखर कोइराला र डा.प्रकाशशरण महतबीच भेटवार्ता भएको छ ।

शनिबार विराटनगरस्थित कोइराला निवासमा डा.कोइरालालाई डा.महतले भेट गरेका हुन् । उनीहरूका बीच गगन थापाका कारण तहस नहस बनेको कांग्रेसलाई कसरी संगठित रुपमा बलियो बनाउन सकिन्छ ? भनेर छलफल भएको छ ।

डा.कोइराला र डा.महत कांग्रेसमा बृहत एकता गरेर जाने पक्षमा छन् । गगन थापा कांग्रेसलाई मिलाएर लैजाने भन्दा पनि आफूलाई मन नपरेका नेता तथा कार्यकर्ताहरूलाई कांग्रेसमा आउनै नदिने पक्षमा छन् । सोही कारण १४औँ महाधिवेशनबाट आएको पदाधिकारी र सदस्यहरूलाई गगन थापाले मिलाएर लैजान चाहेका छैनन् ।

कांग्रेस हाइज्याक गरेका गगनले निर्वाचन आयोग र सर्वोच्च अदालतबाट कानूनी मान्यता पाएका छन् । तर, आफ्नै कांग्रेसभित्र गगनलाई शीर्ष नेताहरूले राजनीतिक मान्यता दिएका छैनन् ।

आफूलाई भावी प्रधानमन्त्री घोषणा गरेर सर्लाही ४ मा प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेका गगन १२ हजार भन्दा धेरै मतको अन्तरबाट पराजित भएपछि कांग्रेसको हैसीयत र औकात गगनलाई मतदाताले देखाइसकेका छन् ।

Published : Sunday, 2026 July 12, 2:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया