आत्मदाहको प्रयास गरेका गणेशको निधन, झण्डै दुईतिहाइको रास्वपाको सरकारलाई झट्का
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को झण्डै दुईतिहाइको सरकार बनेको करीव ४ महिनामा आत्मदाहको प्रयास गरेका गणेश नेपालीको निधन भएको छ ।
शुक्रबार उपचारका क्रममा वीर अस्पतालमा गणेशको निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले बताएका छन् । गणेशको निधन भएपछि वीर अस्पतालमा सुरक्षा अवस्था बलियो बनाइएको छ । गणेशका आफन्त र शुभेच्छुकहरू वीर अस्पतालमा जम्मा भएका छन् ।
देशमा सुधार हुन्छ कि भनेर जनताले झण्डै दुईतिहाइको बहुमत दिएर रास्वपालाई सत्तामा पु¥याइदिएका छन् । रास्वपाबाट राहत हुने अपेक्षा लिएका जनताले आत्मदाह गर्ने अवस्था आएपछि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र रास्वपाविरुद्ध आक्रोश बढेको छ ।
बिहीबार दिउँसो १ः४५ बजे काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि गणेशले आत्मदाहको प्रयास गरेका थिए ।
२५ वर्षीय गणेश मुगुको सोरु गाउँपालिका वडा नं. १ घर भई हाल भक्तपुरमा श्रीमती र एक छोरी सहित बस्दै आएका थिए । उनी पेसाले राइड सेयरिङ थिए ।
बिहीबार दिउँसो त्रिपुरेश्वरमा बाइक रोकेका बेला काठमाडौं महानगरपालिकाको नगर प्रहरीले मोटरसाइकलमा ‘ह्वील लक’ गरिदिएपछि गणेशले आफ्नै शरीरमा पेट्रोल खनाएर आत्मदाहको प्रयास गरेका थिए ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया