कांग्रेस नेताद्वय निधि र डा.कोइरालाबीच भेट, पार्टीको बृहत एकताबारे छलफल
काठमाडौं । नेपाली कांग्रेस नेता विमलेन्द्र निधि र डा.शेखर कोइरालाबीच भेटवार्ता भएको छ ।
शनिबार भेटवार्ताका लागि नेता डा. कोइराला काठमाडौंको बानेश्वरस्थित निधिको निवास पुगेका छन् । दुवै नेताबीच कांग्रेसभित्रको विवादका विषयमा छलफल भएको छ ।
१५औँ महाधिवेशनमा कांग्रेसलाई कसरी एकजुट गरेर लैजाने भन्ने विषयमा निधि र डा.कोइरालाबीच छलफल भएको छ । दुवै नेताबीच सामसामयिक राजनीतिक विषयमा पनि छलफल भएको छ ।
शेरबहादुर देउवा पक्षीय नेताहरू असार २२ गते काठमाडौंको चुनदेवीमा खोलिएको सम्पर्क कार्यालयको औपचारिक रुपमा शुरुवात हुँदै गर्दा निधि र डा.कोइरालाबीच भेट भएको छ ।
Published : Saturday, 2026 July 4, 6:37 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया