सिंहदरबारमा बस्यो गगनको छायाँ सरकारको बैठक, बालेन समक्ष ध्वस्त बनेको कांग्रेस निरिह
काठमाडौं । गगन थापाको हाइज्याकमा परेको नेपाली कांग्रेसको छायाँ सरकारको बैठक बसेको छ ।
शनिबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा नेता भीष्मराज आङदेम्बेको अध्यक्षतामा मन्त्रालयगत जिम्मेवारी पाएका संयोजकहरूको बसेको छ ।
बैठकमा सरकारको काम कारबाही र कांग्रेसको भावी रणनीतिका विषयमा छलफल भएको छ । झुण्डै दुईतिहाइको बहुमतको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सरकारले एक सय दिनमा गरेका राम्रा कामहरू सार्वजनिक भएरहेका बेला कांग्रेसले बनाएको छायाँ सरकारका मन्त्रीहरूको बैठक पनि बसेको छ ।
भुकृटीमण्डप भेलाबाट कथित विशेष महाधिवेशनको नामबाट गगनले नेपाली कांग्रेसलाई हाइज्याक गरेर सभापति बनेका छन् । निर्वाचन आयोग र सर्वोच्च अदालतबाट कांग्रेसको मान्यता पाएका गगनले निर्वाचनमा कांग्रेसलाई लज्जाजनक अवस्थामा हराइदिएका छन् ।
निकै कमजोर बनेको कांग्रेसले झण्डै दुईतिहाइको रास्वपा नेतृत्वको सरकार र प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को कामहरूबाट डराएको छ । सरकारले जनताको पक्षमा धमाधम कामहरू गरिरहेको छ ।
सरकारलाई अफ्ठ्यारो पार्न र सरकार तथा प्रधानमन्त्री एवम् मन्त्रीहरूको स्वाद फेर्न कांग्रेसले आफ्ना सांसदहरूलाई छायाँ प्रधानमन्त्री र छायाँ मन्त्रीहरू बनाएको छ ।
गगनले निर्वाचनका बेला आफूलाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेका थिए । सर्लाही ४ बाट उम्मेदवार बनेका गगन थापा १२ हजार भन्दा धेरै मतको अन्तरबाट पराजित भएका थिए । चुनावको बेला गगनले अबकि बार गगन सरकार, अबकि बार १०० पार भन्ने जस्ता नारा लगाएका थिए । प्रधानमन्त्री र सरकार बनाउने कुरा त पाँच वर्षलाई तुहियो । तर, गगनले छायाँ सरकार, छायाँ प्रधानमन्त्री र छायाँ मन्त्रीहरू बनाएर रहर फेरेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया