अब वारपारको लडाइँ, कांग्रेसका हाइज्याकरहरूलाई देउवा समूह र वीपीका छोरासहितका नेताहरूले औकात देखाइदिने
काठमाडौं । शेरबहादुर देउवा पक्षीय नेताहरूले नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीका लागि काठमाडौंको चुनदेवीमा सम्पर्क कार्यालय खोल्ने निर्णय गरेका छन् ।
शुक्रबार काठमाडौंको गल्फुटारमा नेता पूर्णबहादुर खड्काको निवासमा बसेको बैठकले असार २२ गते चुनदेवीमा सम्पर्क कार्यालय उद्घाटन गर्ने निर्णय गरेको हो । १४औँ महाधिवेशनबाट निर्वाचित समूहको आगामी बैठक त्यही कार्यालयमा बस्ने नेता मीनबहादुर विश्वकर्माले जानकारी दिएका छन् ।
देउवा समूहले सहमतिका प्रयास कमजोर हुँदै गएकोले १५औँ महाधिवेशन एउटै नहुन सक्ने निष्कर्ष समेत निकालेको छ । नेता विश्वकर्माले भने, ‘हामी अझै पनि सहमति गरेर १५औँ महाधिवेशन एउटै बनाऔँ भनिरहेका छौँ । आजको पोजिसनले एकताको महाधिवेशनका सम्भावना क्षीण भएका छन् ।’
बैठकमा कथित विशेष महाधिवेशन पक्षधरका नेताहरूसँग संवाद गरेका नेताहरूले ब्रिफिङ गरेका छन् । ‘पछिल्लो समय भएको भेटवार्ताबारे ब्रिफिङ भएको छ । संस्थापन पक्षसँग सार्थक वार्ता नभएको उहाँहरूले जानकारी गराउनुभयो,’ नेता विश्वकर्माले भने, ‘कथित विशेष महाविधेशन पक्षधर नेताहरू पार्टी मिलाउन गम्भीर नबनेको साझा निष्कर्ष थियो । अब आगामी गन्तव्यबारे राष्ट्रिय भेलाबाट निर्णय लिनुपर्छ भन्ने कुरा भएको छ ।’
बैठकमा नेताहरू डा.शशांक कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, मोहनबहादुर विश्वकर्मा, महालक्ष्मी उपाध्याय ‘डिना’, मीनबहादुर विश्वकर्मा लगायतको सहभागिता रहेको थियो ।
नेताहरू डा.प्रकाशशरण महत, एनपी साउद, आनन्दप्रसाद ढुङ्गाना, वीरबहादुर बलायर, श्याम घिमिरे, रमेश लेखकको पनि उपस्थिति रहेको थियो ।
भृकुटीमण्डप भेला अर्थात् कथित विशेष महाधिवेशनबाट आएको ‘टीक’ नेतृत्वको समितिले असोजमा १५औँ महाधिवेशनको मिति तोकेको छ ।
कथित विशेष महाधिवेशनको केन्द्रीय समिति र १४औँबाट निर्वाचित समितिलाई मर्ज गरेर आयोजक समिति बनाउनुपर्ने देउवा समूहले अडान राख्दै आएको छ ।
१५औँ महाधिवेशनको निष्पक्षताका लागि निर्वाचन समितिलगायतमा देउवा समूहको प्रतिनिधित्व गराए पनि १४औँको केन्द्रीय समिति गाभ्न कथित विशेष महाधिवेशन पक्षधरहरूले रुचि देखाएका छैनन् ।
सहमति नभए एउटै मितिमा छुट्टै महाधिवेशन गर्ने देउवा समूहको तयारी छ । देउवाले सातवटै प्रदेशमा भेला सम्पन्न गरिसकेको छ ।
भृकुतीमण्डप भेला अर्थात् कथित विशेष महाधिवेशनबाट नेपाली कांग्रेसलाई हाइज्याक गरेर गगन थापाले आफूलाई सभापति घोषणा गरेका थिए । गगनका कारण कांग्रेस इतिहासकै कमजोर अवस्थामा पुगेको छ । गगनले कांग्रेसलाई बलियो बनाउने भन्दा पनि आफ्ना विरोधीहरूलाई कमजोर बनाएर आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न खोजेका छन् ।
देउवा पक्षीय नेताहरूले गगनलाई औकात देखाइदिने तयारीमा छन् । गगनले कांग्रेस भाँडमा जाओस् तर, आफू सुरक्षित हुन हदैसम्मको हर्कत गरिरहेका छन् । गगनले कांग्रेसलाई एकताबद्ध गराएनन् भने कांग्रेसका संस्थापक नेता वीपी कोइरालाका छोरा डा.शशांक कोइरालाले समेत कथित विशेष महाधिवेशन पक्षधरहरूलाई औकात देखाइदिने तयारी गरेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया