सिंगो कांग्रेसको पक्षमा छु, जुनसुकै जिम्मेवारी लिन र त्याग गर्न तयार छु : डा.कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीलाई एकताबद्ध बनाउनु अहिलेको आवश्यकता रहेको बताएका छन् ।
सोमबार असार १५ अर्थात् राष्ट्रिय धान दिवसका अवसरमा महाराजगञ्जस्थित आफ्नै निवासमा आयोजित कार्यक्रममा उनले कांग्रेस एकताका लागि आफू जुनसुकै जिम्मेवारी लिन र त्याग गर्न तयार रहेको बताएका हुन् ।
डा.कोइरालाले अहिले कांग्रेस विभाजित अवस्थाजस्तो देखिएकाले मुलुकको हितका लागि पार्टीलाई एकढिक्का बनाउनुको विकल्प नरहेको बताए ।
‘म सधैं सिंगो कांग्रेसको पक्षमा छु । कांग्रेसको एकताका लागि जुनसुकै जिम्मेवारी लिन र त्याग गर्न पनि तयार छु,’ नेता डा.कोइरालाले भने ।
डा.कोइरालाले कृषि उत्पादन वृद्धि, किसानको सम्मान र समृद्ध नेपालको निर्माणका लागि सबैको साझा प्रयास सफल होस् भन्ने शुभकामना व्यक्त गर्दै किसानको हितमा काम गर्न सकेमात्र देश समृद्ध बन्न सक्ने बताएका छन् ।
कार्यक्रममा नेताहरु कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, एनपी साउद, चन्द्र भण्डारी, डा.मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, शंकर भण्डारी, मोहन बस्नेत, दीपक खड्का, दीपक गिरी, रमेश लेखक, रामहरि खतिवडा, गुरुराज घिमिरे, भीष्मराज आङदेम्बे लगायत विभिन्न जिल्लाका सभापति तथा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूको उपस्थिति थियो ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया