रास्वपाको महाधिवेशनमा गगनको अनुहार मलिन, रवि–बालेनले मतलब गरेनन्

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय सम्मेलनको ऐतिहासिक रुपमा उद्घाटन गरेको छ ।

आइतबार चितवनको भरतपुरमा सभापति रवि लामिछानेले उद्घाटन गरेका हुन् । उद्घाटनमा प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)सहितका नेताहरूको पनि उपस्थिति रहेको थियो ।

उद्घाटनसत्रमा रास्वपाले गगनकुमार थापासहितका नेताहरूलाई निम्तो पठाएको थियो । निम्तो पाएर गगन शुभकामना दिन आइतबार बिहान काठमाडौंबाट भरतपुर पुगेका थिए ।

उद्घाटनसत्रलाई गगनले सम्बोधन गर्ने क्रममा नयाँ र उत्साहजनक कुरा केही सुनिएन । दबेको कमजोर स्वरमा गगनले अभिव्यक्ति दिए पनि सभापति लामिछाने र प्रधानमन्त्री शाहले कुनै मतलब राखेनन् । गगनको विगतको भाषण जस्तो भरतपुरको भाषण थिएन । गगन सभापति लामिछाने र प्रधानमन्त्री शाहको अगाडि निकै कमजोर र हतोत्साहित देखिएका थिए ।

गगनलाई रास्वपाले नेपाली कांग्रेसको सभापतिको हैसियतले बोलाएको थियो । गगनका कारण कांग्रेस निकै कमजोर अवस्थामा छ । गगन आफै पनि प्रतिनिधि सभाको निर्वाचनमा रास्वपाका अमरेशकुमार सिंहसँग १२ हजारभन्दा धेरै मतको अन्तरले पराजित भएका छन् । गगनकै कारण कांग्रेस तहस नहस बनेका बेला निर्वाचन भएको थियो । फागुन २१ को निर्वाचनबाट रास्वपाले झण्डै दुईतिहाइ बहुमत पाएर सरकार बनाएको छ ।

रास्वपाका महाधिवेशनमा उपस्थित भएका गगनको अनुहारमा खुसी देखिएको थिएन । गगनलाई आत्मग्लानी भएको उनको अनुहारबाट देखिएको रास्वपाका नेताहरूले उद्घाटनसत्रका बेला कुरा काटेका थिए ।

गगनले नेपाली कांग्रेसलाई भृकुटीमण्डप भेलाबाट कथित विशेष महाधिवेशनको नाममा पार्टीलाई हाइज्याक गरेर आफूलाई सभापति घोषणा गरेका थिए । त्यति मात्रै होइन गगनले निर्वाचन आयोग र सर्वोच्च अदालतबाट समेत आधिकारिकता पाएका छन् ।

झण्डै दुईतिहाइको बहुमतसहितको सरकार बनाएको रास्वपाका सभापति लामिछाने र प्रधानमन्त्री शाहसहितका नेता तथा प्रतिनिधिहरू हँसिलो अनुहारका साथ सहभागी भएको देखिएको थियो । तर, गगनको अनुहारमा त्यो चमक थिएन । गगनलाई आफ्नै कारणले रास्वपाले झण्डै दुईतिहाइ बहुमत पाएको र कांग्रेस इतिहासकै कमजोर अवस्थामा पुगेको अनुभूति भरतपुरमा भएको हुनुपर्छ भनेर रास्वपाका प्रतिनिधिहरूले चर्चा गरेका छन् ।

गगनका कारण लज्जाजनक अवस्थामा पराजित र कमजोर बनेको कांग्रेस अब १५ वर्ष लयमा फर्किने अवस्था छैन । रास्वपा नेतृत्वको सरकारले गरेका सुधार कामले कांग्रेस अब आफ्नै खुट्टामा छिटो उभिने अवस्था छैन । भरतपुरमा रास्वपाको तामझाम देखेर चकित परेका गगनलाई सभापति लामिछाने र प्रधानमन्त्री शाहको चमकले झन् तनाब बढाइदिएको छ ।

Published : Sunday, 2026 June 21, 9:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया